ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयतहमा सरुवा भएका ६९ उपसचिव र ५२ अधिकृत सम्पर्क विहिन


sharan sharan
१८ पुस २०७४, मंगलबार   ९ : ३१   बजे

काठमाडौं,१८ पुस । भिन्न स्थानीय तहमा सरुवा गरेका १ सय १७ जनामध्ये ६९ जना उपसचिव अझै सम्बन्धित स्थानीय तहमा पुगेका छैनन् । सचिव थपलिया सामान्य प्रशासनले सरुवा गरेर पठाएकै दिन आफूले सबै कर्मचारीलाई विभिन्न स्थानीय तहमा काजमा खटाएको बताउँछन् । उनले आफूकहाँ पत्र आएकै दिन काजमा कर्मचारी खटाएको भए पनि उपसचिवदेखि खरिदारसम्मका कर्मचारी अहिलेसम्म स्थानीय तहमा हाजिर नभएको जानकारी आएको बताउछन् ।

‘मन्त्रालयबाट काममा खटाइएको झन्डै तीन महिनासम्म पनि सम्बन्धित कार्यालयमा उपस्थित भएर काम नथाल्दा कागजी रूपमा उनीहरू सम्पर्क विहिन,’ सचिव थपलियाले भने । ५२ वटा गाउँपालिकामा शाखा अधिकृत नपुगेपछि त्यहाँको प्रशासनिक काम नायब सुब्बाले चलाइरहेका छन् । स्थानीय तहमा ३ हजार ५८ जना खरिदार र सुब्बाको दरबन्दी रिक्त छ।

सहसचिवको दरबन्दी रहेको विराटनगर महानगरपालिका र वीरगन्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिवलाई खटाएको छ । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिवलाई खटाउने प्रावधान छ । तर यी दुई महानगरमा खटाउने सहसचिव नभेटेपछि संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले सो पदमा उपसचिव पठाएको छ । सरुवा भएपछि स्थानिय तहमा कर्मचारीनै नपुगेपछि कसरी संचालन भएका छन् त स्थनिय तह ?


स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई स्थानीय तहमा कर्मचारी नपुगेको गुनासो सहितका फोन धेरै स्थानीय तहबाट आइरहन्छन् । कतिले स्थानीय तहमा कार्यकारी अधिकृत एकपटक पनि हाजिर गर्न नआएको गुनासो गर्छन् भने कतिपयले एकपटक आएर फर्किएपछि पुनः दोहो¥याएर नआएको गुनासो गर्छन् ।
६९ वटा नगरपालिकामा उपसचिव हाजिर हुन नगएपछि शाखा अधिकृतले उपसचिवको काम गरिरहेका छन् । सामान्य प्रशासन मन्त्रालयले खटाएको स्थानीय तहमा अहिलेसम्म ३० प्रतिशत कर्मचारी मात्रै काममा खटिएको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
त्यसो त समयमा काममा नजाने कर्मचारीले तीन महिनादेखि तलब पनि पाएका छैनन् । मन्त्रालयले तोकेको अड्डामा नगएका उनीहरू अहिलेसम्म हाजिर गर्न नगएका हुँदा कर्मचारीले तलब पनि बुझेका छैनन् । उपसचिवहरू स्थानीय तहमा उपस्थित नभएपछि मन्त्रालयले अनुपस्थित दिनलाई बिदामा कटाउने तयारी गरेको छ । काममा जान नमानेका कर्मचारीले बिदासमेत नलेखेको अवस्थामा दबाबका भरमा मन्त्रालयले बिदा जनाउन थालेको छ ।
सचिव थपलियाले हाजिर हुन नगएका कर्मचारीको गयल अवधिलाई वार्षिक बिदामा मिलान गरिने बताए । उनी राजनीतिक शक्तिकेन्द्रमा सजिलै पहुँचमा पुग्ने कर्मचारीहरू नै सकेसम्म स्थानीय तहमा जान आलटाल गरिरहेको बताउँछन् । उनले यसरी स्थानीय तहमा नगएका कर्मचारीहरूमध्ये केही भने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिएकाले पनि सम्बन्धित कार्यालयमा जान ढिला भइरहेको हुन सक्ने जानकारी दिए ।
अहिले ४ सय ८ गाउँपालिकामा प्रशासकीय अधिकृतका रूपमा शाखा अधिकृतहरूलाई खटाइएको छ । ५२ गाउँपालिकामा शाखा अधिकृत नपुगेपछि त्यहाँको प्रशासनिक काम नायब सुब्बाले चलाइरहेका छन् । गाउँपालिका र नगरपालिकाका गरी देशभर कुल ३ हजार ५८ जना खरिदार र सुब्बाको दरबन्दी रिक्त रहेको स्थानीय विकास मन्त्रालयले जनाएकोे छ ।

मन्त्रालयको प्रशासन शाखाका अधिकृत रवीन्द्रजंग थापाले सम्बन्धित कार्यालयमा नपुगेका कर्मचारीहरू विस्तारै सरुवा भएको पदमा जाने क्रममा रहेको बताए । दैनिक रूपमा आफूलाई कुन कार्यालयमा खटाइएको छ भनेर सोधपुछ गर्नेहरूको संख्या बढ्दै गएको भन्दै अब केही समयमा नै स्थानीय तहमा कर्मचारी पुग्ने सम्भावना रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group