ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ मा ३२० मा कोरोना सङ्क्रमण


एबीसी / संवाददाता
१ माघ २०७८, शनिबार   ७ : ५९   बजे

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५८९ जनाको पिसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण भएको जनाएको छ । पिसीआर परीक्षणका आधारमा मोरङमा १२९ मध्ये विराटनगरमा ११३, सुनसरीमा १११, झापामा १९, धनकुटामा तीन र प्रदेश बाहिरका १० जनामा सङ्क्रमण भएको हो ।

स्थानीय पालिकाअनुसार मोरङको बूढीगङ्गामा आठ, रङ्गेली र सुन्दरहरैचामा दुई–दुई, ग्रामथान, उर्लाबारी, कटहरी र पथरी शनिश्चरेमा एक–एक, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा चार, दुहबी र हरिनगरमा दुई–दुई, इनरुवा र स्थानीय तह नखुलेका एक–एक, झापाको भद्रपुुरमा पाँच, विर्तामोडमा तीन, मेचीनगरमा दुई, बुद्धशान्ति, अर्जुनधारा, बाह्रदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीय तह नखुलेका एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै तीन महिलासहित १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सुदूरपश्चिम स् थप २८३ जनामा सङ्क्रमण, एकको मृत्यु

बैतडी– सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन थप २८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४२९ जनाको नमूना परीक्षण गर्दा २८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पिसीआरमार्फत १२६ र एन्टिजेनमार्फत १५७ जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १०४, महाकाली अस्पतालमा १४, बाजुरा जिल्ला अस्पतालमा आठ र एन्टिजेनमार्फत कैलालीका १०३, कञ्चनपुरका ४५, दार्चुला पाँच र बैतडीका चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–५ का ५३ वर्षीया सङ्क्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि शुक्रबार यस प्रदेशमा ३८३ जनामा सङ्क्रमण पुष्टि हुँदा १० जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu