काठमाडौँ, २७ जेठ । जाजरकोटको जुनीचाँदे गाउँपालिका-५ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । चार जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिनुभयो ।
सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२-००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको पनि उहाँले बताउनुभयो । गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्