ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैदिन चट्याङबाट ७ जनाको मृत्यु


एबीसी / संवाददाता
१६ असार २०७९, बिहिबार   ८ : ३०   बजे

काठमाडौं । चट्याङबाट मंगलबार एकै दिनमा ७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयत मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार मात्रै चट्याङबाटै ३ जना घाइतेसमेत भएका छन् ।प्राधिकरणका अनुसार पर्सा, धादिङ, रुपन्देही, नवलपरासी, बाँके, बाग्लुङ र कैलालीमा चट्याङ् लागेर ७ जनाको मृत्यु भएको हो भने ३ जना घाइते भएका हुन् ।

मुलुकभरका विभिन्न १३ ठाउँँमा चट्याङ लागेर ७ जनाको मृत्यु र ३ जना घाइते भएका प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । चट्याङ प्राकृतिक विपद् भएका कारण आकाश गड्गडाउँदा र पानी परेका बेला जोखिमयुक्त क्षेत्रका नागरिक बाहिर निस्कदा पनि क्षति बढेको पोखरेलले बताए ।प्राधिकरणका अनुसार रुपन्देहीको सियारी गाउँपालिका २ बरेवा बस्ने ४५ वर्षका एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १० लक्ष्मीपुरास्थित खेत रोप्ने क्रममा ६० वर्षकी एक महिलालाई अचानक चट्याङ लागेर बेहोस भई उपचारको क्रममा मृत्यु भएको हो ।

बाग्लुङको खाठेखोला गाउँपालिका ४ तग्राम फापरखेत बस्ने २८ वर्षकी एक महिलालाई भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको हो । बाँकेको राप्ती सोनारी गाउँपालिका ३ नारायणपुर बस्ने ७ वर्षका एक बालक घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भई उपचारको क्रममा मृत्यु भएको हो ।पर्साको सखुवा प्रसौनी गाउँपालिका १ औराह रेन्ज बस्ने ३२ वर्षका एक पुरुष खेतमा आली लगाउने क्रममा पानीसँगै आएको चट्याङ लागेर मृत्यु भएको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ बेलगाउँ बस्ने ४२ वर्षका एक पुरुष गोठमा गाईलाई घास हाल्न जाने क्रममा अचानक चट्याङ लागेर घनास्थलमा नै मृत्यु भएको हो भने कैलालीको कैलारी गाउँपालिका १ रानामुरा गाउँ बस्ने ५६ वर्षकी एक महिला खेजमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भई उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।यस्तै कैलालीको कैलारी गाउँपालिका ३ बस्ने ३२ वर्षका र ३४ वर्षका दुई जना पुरुषलाई आफ्नै खेतमा धानको बिउ निकाल्ने क्रममा चट्याङ लागेर घाइते भएका छन् । घाइतेको सेती प्रादेशिक अस्पताल कैलाीमा उपचार भइरहेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका १ बिनावारी बस्ने १३ वर्षकी एक बालिका घरको आगनमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन् । उनको कैलालीको धनगढीस्थित नवजिवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group