ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको प्रतिवेदन : गठबन्धनमा कांग्रेस स्वार्थी भयो, एकीकृत समाजवादीले धेरै माग्यो, एमालेलाई हानी


एबीसी / संवाददाता
१९ असार २०७९, आइतबार   ४ : ११   बजे

काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताएका छन् ।

आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै उनले कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको, नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको र जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको उनले बताए ।

कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार नहुँदा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा माओवादी बलियो भएका ठाउँमा अरु दलसँग मिलेर माओवादीलाई हराउन लागेको प्रचण्डले बताएका छन् ।

‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थनमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ’ उनले भनेका छन् ।

कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक म तबदर भएको पनि प्रचण्डले बताएका छन् ।एकीकृत समाजगवादीले आफ्नो वास्तविक स्थिति भन्दा बढी दावी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र केही स्थानमा गठबन्धन पराजित भएको प्रचण्डको भनाइ छ ।जसपा तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएके भन्दै प्रचण्डले माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताए ।  प्रतिवेदनमा पहिलो स्थानीय तह निर्वाचन २०७४को तुलनामा दोस्रो निर्वाचन २०७९मा नेपाली कांग्रसले प्रमुख/अध्यक्षमा ६३ पद बढी जित्न सफल भएको कुरा उल्लेख छ ।

माओवादी केन्द्रले १६ सिट बढी ल्याएको छ भने जसपा र जनमोचाले पनि पहिलेको तुलनामा केही सिट सङख्या बढाएका छन्,’ प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा ‘यस पटकको स्थानीय तहको चुनावमा नेकपा एमालेले नराम्रोसँग हार बेहोर्नु परेको’ भनेर उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पहिलेको तुलनामा उसले ८८ सिट गुमाएको छ ।’

त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले यस पटकको निर्वाचनमा ९ सिट गुमाएको कुरा उल्लेख छ ।‘नेकपा एसले गठन भएको छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र अन्य पार्टीहरू नयाँ भएर पनि अस्तित्व कायम गर्न सफल भएका विषय प्रचण्डको प्रतिवेदनमा समेटिएको छ ।यस्तै उपप्रमुखरउपाध्यक्षमा नेपाली कांग्रेसले पहिलेको तुलनामा ७७ पद थप गरेको र माओवादी केन्द्रले पहिलेको तुलनामा २३ पद बढाएको उल्लेख छ ।

एमालेले ९१ पद गुमाएको कुरा उल्लेख छ भने, लोसपाले पनि पहिलेको तुलनामा २३ सिट गुमाएको उल्लेख छ ।नगरपालिकाको मत विश्लेषणमा कांग्रेस ४८ प्रतिशत नगरपालिकाको प्रमुखमा विजयी भएको र एमाले २८ प्रतिशतमा सीमित रहेको कुरा प्रतिवेदनमा उल्लेख छ । माओवादी केन्द्रले ९ प्रतिशत नगरपालिकामा जित्न सफल भएका प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group