ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरका जनताकै बीचमा छु, झुटा आरोपको डटेर सामना गर्नेछु : सिलवाल


एबीसी न्यूज
५ माघ २०७४, शुक्रबार   ९ : ३५   बजे

काठमाडौं,५ माघ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट मंसिर २१ गते सम्पन्न निर्वाचनबाट विजयी नवराज सिलवालले आफूबिरुद्ध राजनीतिक प्रतिशोध साध्न शक्तिको प्रयोग गरिएको आरोप लगाएका छन्।

प्रहरीले देशव्यापी पक्राउ पूर्जी जारी गरेपछि देशबाहिर रहेका भनिएका सिलवालले एविसी न्यूजसंग कुरा गर्दै आफु जनताकै बीचमा ललितपुरमा रहेको समेत जानकारी दिएका छन् ।

सिलवालले एविसी संगको कुराकाकानीमा म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ। समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ।’
सर्वोच्च अदालतको बृहत पूर्ण इजलाशले तत्कालिन समयमा संचारमाध्यमबाट बाहिरिएको कार्यसम्पादन मुल्याङकन फाराम किर्ते भएको समन्धमा अनुसन्धान गरी दोषीमाथी कार्वाही गर्न सरकारको नाममा आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि सरकारले महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

प्रहरीको अनुसन्धान निष्पक्ष हुन नसक्ने भन्दै सिलवालमा त्यसमा आपत्ती जनाउदै आएका छन् ।
सिलवालले हालका आईजिपी प्रकाश अर्याल आफ्नो विपक्षी भएकाले उनले गरेको अनुसन्धान आफुलाई मान्य नहुने भन्दै छुट्टै अधिकारसम्पन्न छानविन आयोग गठन गर्नुपर्ने बताउंदै आएका छन् ।

काठमाडौं प्रहरीले सिलवाल उपस्थित नभएपनि उक्त विषयमा अनुसन्धान जारी राखेको छ । प्रहरी स्रोतकाअनुसार गत हप्ता मात्रै प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाका एक इन्सपेक्टरको परिसरले बयान लिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन : सौरभ ज्योती

आजदेखि डिलरबाटै एलपी ग्यास बिक्री, निगमले जारी गर्‍यो पाँचबुँदे निर्देशन

टौदोलमा डेरा फोडेर चोरी : चार पक्राउ, नगददेखि ल्यापटप र मोबाइलसम्म बरामद

मन्दिरबाहिर हरायो जुत्ता, काम लाग्यो च्याटजिपिटी : सयौँ जुत्ताबीच एआईले यसरी खोज्यो जोडी

स्मार्ट प्रहरीको सपना : प्रविधि भित्र्याएर मात्र नागरिकको विश्वास जितिँदैन

डलर स्थिर, युरो र पाउन्ड बढे : यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमयदर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu