काठमाडौं, ७ माघ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ ।
बैठकले राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट अनुमोदन गरेको छ भने सुशासन र विकासबारे योजना बनाउन बामदेव गौतमको नेतृत्वमा कार्यदल निमार्ण गरेको छ ।
नयाँ सरकारको सुशासन र विकासका प्राथमिकताबारे सुझाव दिन एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा एमालेका भीम रावल, युवराज खतिवडा, विजय पौडेल छन् भने माओवादीबाट वर्षमान पुनसहित तीन जना छन् ।
पार्टी एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने
बैठकमा पार्टी एकताबारे छलफल भएपनि ठोस कुनै निर्णय नभएको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले थप गृहकार्य गर्नुपर्ने देखिएको एक नेताले बताए ।
दुई अध्यक्षबीच छलफल भएपछि समितिको बैठक बस्ने र संगठन तथा वैचारिक विषयमा गृहकार्य गर्न कार्यदल बनाउने समझदारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्