ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा निर्वाचनका लागि आज सातवटै प्रदेशमा मनोनयन दर्ता


admin
१० माघ २०७४, बुधबार   ८ : ५३   बजे

काठमाडौं, १० माघ । राष्ट्रियसभा निर्वाचनका लागि आज सातवटै प्रदेशमा मनोनयन दर्ता हु“दैछ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराउन सक्ने छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ताका लागि उम्मेदवारहरुले नागरिकताको प्रतिलिपी, मतदाता नामावलीमा नाम समावेश गरिएको निस्सा, सरकारी कर्मचारी भए राजीनामा स्वीकृत भएको पत्र, १० हजार रुपैयाँ धरौटी तिरेको रसिद र दलीय उम्मेदवार भए आधिकारिक ब्यक्तिको हस्ताक्षरसहितको पत्र पेश गर्नुपर्ने प्रावधान छ । मनोनयन दर्ताका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको विरोधमा भोलि उजुरी दिन सकिने छ । उजुरीमाथि छानबीन गरी १४ गते निर्वाचन कार्यालयले नामावली प्रकाशित गर्ने, उम्मेदवारी फिर्ताका लागि समय दिइने छ । १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ ।

मतदान भने माघ २४ गते १० देखि ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभाको निर्वाचनका लागि गाउ“, नगर, महानगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाको सांसद मतदाता रहनेछन् । स्थानीय तहका प्रमुख÷उपप्रमुख १ हजार ५ सय ६ तथा प्रदेश सभाका ५ सय ५० गरी २ हजार ५६ जना मतदाता रहेका छन् । निर्वाचन प्रयोजनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group