ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी कलाकारको सांगीतिक कार्यक्रम हुने


admin
१० माघ २०७४, बुधबार   ७ : ००   बजे

काठमाडौँ, १० माघ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ । 

कार्यक्रमका विषयमा जानकारी दिन आज दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना शाखा संयोजक अपार पौडेलले हिपहप कलाकार आइशा फुकुशिमालाई दोस्रोपटक नेपालमा आमन्त्रण गरिएको बताउनुभयो ।

नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि फुकुशिमाले ‘¥याप्टिभिज्म’ अर्थात् ¥याप गतिविधिमा केन्द्रित कार्यशाला गोष्ठी तथा प्रस्तुति सञ्चालन गर्ने उहाँले सुनाउनुभयो । यस अवसरमा फुकुशिमाले काठमाडौँ र नेपालगञ्जमा सांगीतिक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

हिपहप कलाका माध्यमबाट अमेरिकामा सामाजिक तथा राजनीतिक परिवर्तनलाई प्रोत्साहित गरेको इतिहास छ । हिपहप कला नेपाली युवामाझ पनि लोकप्रिय बन्दै गएको छ । अल्पसंख्यक समुदायलाई समावेशीकरणका लागि पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

माघ १२ गते शुक्रबार नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय र १३ गते शनिबार ललितपुरको जावलाखेल फुटबल मैदानमा कार्यक्रम गरिनेछ । कार्यक्रममा कलाकार फुकुशिमाको ब्याण्ड, दीपक बज्राचार्य तथा रिदम ब्याण्ड, नर्तक समूह र नेपाल हिपहप फाउन्डेशनले कार्यक्रमको प्रस्तुति गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu