ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद सिलवालको माग– आइजीपी नियुक्ति प्रकरणमा निष्पक्ष छानविन होस


admin
११ माघ २०७४, बिहिबार   ८ : २४   बजे

काठमाडौँ, ११ माघ । ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणको निष्पक्ष निकायबाट छानबिन माग गर्नुभएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद सिलवाले भनेका छन्– घटनाक्रममा आफ्नो विपक्षमा रहेकाबाटै छानबिन गरेर आफूलाई दोषी, अन्य सबैलाई निर्दोष साबित गर्ने खेल भइरहेको छ ।

‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निष्पक्ष निकायबाट छानबिन हुनु र दोषीमाथि कारबाही हुनु आवश्यक छ,’ सिलवालले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– जुन मान्छे यो घटनाक्रममा मेरो विपक्षी छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष साबित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ ।’

एक जनप्रतिनिधिको कर्तव्यसमेत आफूमा थपिएकाले यो विषयमा आम जनसमुदायलाई स्पष्ट पार्न भन्दै उहाँले विज्ञप्ति जारी गरेको उल्लेख गर्नुभएको छ । अहिले आफ्नो ज्यानमाथि समेत खतरा पैदा भएको दाबी उहाँको छ ।

सांसद सिलवालले अगाडि भन्नुभएको छ– अहिलेको संक्रमणकालीन कामचलाउ सरकार र त्यसको इसारामा वर्तमान प्रहरी नेतृत्वले जसरी पटकपटक मेरो जीउज्यानमाथि धावा बोल्ने प्रयास गरेको छ, त्यसले मेरो जीवन नै असुरक्षित रहेको अवस्था छ ।

उहाँले राज्यसंयन्त्रले निष्पक्ष ढंगले काम गर्ने र अनुसन्धान पूर्वाग्रहप्रेरित नहुने वातावरण नबनुञ्जेल धैर्य गर्न पनि आग्रह गर्नुभएको छ । अहिलेको सरकारले पूर्वाग्रही काम गरिरहेको आरोप लगाउँदै सिलवालले नयाँ सरकारले यो प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभएको छ ।

‘यो सरकारले विधि, नियम र मर्यादा मिचेर गरेका योलगायत सम्पूर्ण कामहरूको आगामी जनमुखी सरकारले अद्योपान्त अनुसन्धान गर्नुपर्छ’ उहाँको भनाइछ– ‘भोलि निष्पक्ष अनुसन्धान नभए यस्तो कार्यमा संलग्न र अहिले त्यसबाट प्रत्यक्ष लाभ लिइरहेकाहरूलाई अन्याय हुन सक्छ, त्यसैले यो समग्र पक्षको निष्पक्ष अनुसन्धान हुनुपर्छ र दोषी दण्डित हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group