ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव


admin
११ माघ २०७४, बिहिबार   ६ : ०५   बजे

काठमाडौं, ११ माघ । देशभरका सरकारी अस्पतालमा तीन सय भन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत वर्ष करिब ८० जना विशेषज्ञ चिकित्सकको बढुवा भए पनि, अवकास भएको र छोडेकाको मात्रा पनि उक्तिकै भएकाले देशभरमा अझै तीन सय भन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव रहनेछ ।

स्वास्थ्य ऐन अनुसार लोकसेवाबाट विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न पाँच वर्ष काम गरेको अनुभव चाहिने र त्यस्ता चिकित्सक नेपालमा थोरैमात्र भएका कारण सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीको भनाइ छ।

५० शैयाको इलाम जिल्ला अस्पतालमा आठजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेपनि अहिले स्त्रीरोग, बालरोग र दन्तरोग विशेषज्ञ मात्र कार्यरत छन् ।

त्यस्तै झापा भद्रपुरको मेची अञ्चल अस्पतालमा २२ जनाको विशेषज्ञ चिकित्सकको दरवन्दी रहे पनि अहिले १० जना मात्र कार्यरत छन् ।

सरकारी अस्पतालमा कहिले पनि पूरै दरबन्दीका चिकित्सक खटाउने सम्भावना नहुने बताउदै स्वास्थ्य मन्त्रालयका उपसचिन बाबुराम खनालले भने, ‘करिब चार सय विशेषज्ञ चिकित्सक अभाव रहेकोमा गत वर्ष करीब ८० जना बढुवामा पर्नु भएको छ। अर्को साता बढुवा समितिको बैठक फेरि बस्दैछ। अब करिब तीन सयजनाको अभाव हुने सम्भावना छ। सरकारी अस्पतालमा कहिले पनि पूरै दरबन्दीका चिकित्सक खटाउने सम्भावना हुँदैन।’

यसले सरकारी अस्पतालले दिने सेवा प्रभावित बनेको छ । कार्यरत रहेका चिकित्सकहरू पनि लामो विदामा बस्ने गरेका कारण सरकारी अस्पतालहरूमा सेवा खस्किँदै गएको अस्पतालका समितिहरूले बताएका छन्।

देशभरका सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सक अभावका कारण सुलभ स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनु परिरहेको सर्वसाधारणको गुनासो छ ।

 

बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group