ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रानीमहलमा आधारित चलचित्र बन्ने


admin
१२ माघ २०७४, शुक्रबार   १० : ३७   बजे

काठमाडौँ, १२ माघ । त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ । 

स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगका बारे सन्देश दिन खोजिएको छ ।

वरिष्ठ कलाकार नीर शाह, शेष राणा, प्रशान्त ताम्राकार तथा नयाँ कलाकार आशिष अधिकारी, सहिल श्रेष्ठ, मानषवी खरेल, वर्षा सिवाकोटीलगायत कलाकारले अभिनय गर्नुहुनेछ । वेदप्रसाद भुसाल निर्माता रहेको सो चलचित्रको पटकथा दीपक पौडेलले तयार गर्नुभएको छ भने हिमाल न्यौपानेले निर्देशन गर्नु हुनेछ ।

यहाँ बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वस्तिक फिल्मस्का अध्यक्ष सुन्दर भुसालले नेपाली मौलिकतामा बनाइने उक्त चलचित्रले प्रेम कथाका साथै प्रेमको प्रतीकका रुपमा रहेको पाल्पाको रानीमहलको ऐतिहासिक पक्षलाई पनि उजागर गर्ने जानकारी दिनुभयो ।

करिब एक सातापछि पाल्पा, बुटवल, पोखरा, भैरहवा र काठमाडौँमा दृष्यांकन गरी दुई महिनाको समयावधिमा निर्माण सम्पन्न गरिने चलचित्र ‘हेलियम ८ के’ नामक क्यामराबाट छायांकन गरिनेछ ।

हलिउडमा प्रयोग हुँदै आएका क्यामरा तथा प्रविधिलाई पहिलोपटक नेपाली चलचित्रमा भित्र्याउन लागिएको आयोजकले जनाएका छन् । करिब रु एक करोड ५० लाखको लागतमा निर्माण पूरा गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu