ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशी उत्पादनको प्रवर्द्धनबाटै आर्थिक समृद्धि सम्भव : मुख्यमन्त्री अधिकारी


एबीसी / संवाददाता
२२ माघ २०७९, आइतबार   ८ : २१   बजे

पर्वत, २१ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

पर्वतको सदरमुकाम कुश्माबजारमा सञ्चालित सातौँ पर्वत महोत्सवको समापनका अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले आयातित वस्तुको बिक्री वितरणले मुलुक समृद्ध हुन नसक्ने बताउँदै गण्डकी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिने बताए ।

उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि, लघुउद्यम तथा वनजन्य उद्योगबाट उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि प्रदेशले विशेष योजना बनाउने बताए ।

अहिले आर्थिक संकटले चौतर्फी क्षेत्र समस्यामा परेको बताउँदै उनले फजुल खर्च रोकेर मितव्ययीता अपनाउन निजी क्षेत्रलाई सचेत गराए । आफूले मन्त्रालयको सङ्ख्या घटाएर खर्च कम गर्न थालेको बताउँदै उद्योग, पर्यटन तथा कृषि क्षेत्रको विकास र विस्तारबाट समृद्धि हासिल गर्न सकिने बताए ।

मेला–महोत्सवमा विदेशी वस्तुको व्यापारलाई भन्दा स्थानीय उद्यमी तथा कृषकले उत्पादन गरेका वस्तुको व्यापारलाई जोड दिनसमेत उनले आग्रह गरे । महोत्सव माघ ११ देखि सुरु भएको थियो । महोत्सवमा आयोजित सबै प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री अधिकारीबाट पुरस्कार वितरण गरिएको थियो । महोत्सवमा झण्डै पाँच करोडको कारोबार भएको आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको मूल्य यथावत

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu