ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३५ भन्दा बढी क्षेत्रमा अग्रता लिँदै कर्नाटकामा कांग्रेसको बहुमत


ABC NEWS
३० बैशाख २०८०, शनिबार   ५ : ११   बजे

एजेन्सी–नयाँ दिल्ली,३० वैशाख । कर्नाटकामा कंग्रेसको बहुमत ल्याउने सम्भावना क्रमशः बढ्दै गएको छ।

मध्याह्नसम्म ११४ स्थानमा अग्रता लिइरहेको अवस्था सुधार गर्दै अपराह्नसम्म कंग्रेसले झन्डै १३८ क्षेत्रमा अग्रता कायम गरेको छ।
केही क्षेत्रबाट कंग्रेसका उम्मेदवारहरू निर्वाचित समेत भइसकेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार अपराह्न तीन बजेसम्म कंग्रेस १३६ स्थानमा अगाडि छ। कंग्रेसका नेताहरूले कम्तिमा पनि १३३ सिट जित्ने दाबी गरेका छन्।

प्रारम्भिक चरणको मतगणनामा ७९ क्षेत्रमा अग्रता लिएको सत्तारूढ भारतीय जनता पार्टी अपराह्नसम्म केबल ६५ स्थानमा मात्रै अगाडि छ।

अर्को दल जनता दल सेक्युलर ९जेडिएस० १९ क्षेत्रमा अगाडि देखिँदा चार स्थानमा अन्य दलका उम्मेदवारले अग्रता लिएका छन्।

अघिल्लो निर्वाचनमा १०४ सिट जितेको भाजपा यसपटक नमिठो हार ब्यहोर्ने र कंग्रेसको ऐतिहासिक पुनरागमन हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

कर्नाटकाको मतगणना जारी रहँदा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले समेत कंग्रेसलाई बधाई दिएका छन्। उनीहरूले यसलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन्।

‘कर्नाटकाको मतपरिणाम हामीले अपेक्षा गरेजस्तै आयो। यो मोदीको हार हो,’छत्तिसगढका मुख्यमन्त्री भुपेश बाघेलले टाइम्स अफ इन्डियालाई भनेका छन्।

कर्नाटकाका बहालवाला मुख्यमन्त्री बासवराज बोम्माईले मतगणनाको सम्पूर्ण परिणाम आइसकेपछि विश्लेषण मात्र नभई कहाँ र किन कमीकमजोरी भयो त्यसको समीक्षा हुने बताएका छन्।

भाजपाका नेता बिएस यदियुरप्पाले हार जित भाजपाका लागि नयाँ नरहेको बताएका छन्। उनले मतपरिणामबाट कार्यकर्तालाई निराश नहुन भनेका छन्।

भारतीय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले कर्नाटकका सम्पूर्ण जनतालाई धन्यवाद ज्ञापन गरेका छन्। ‘अब हाम्रो चुनावी घोषणापत्र कार्यान्वयन गर्छौँ,’ खड्गेले टाइम्स अफ इन्डियासँग भनेका छन्।

कर्नाटका यस्तो राज्य हो जहाँ सन् १९७० पछि कुनै पनि पार्टीले लगातार दुई वटा चुनावमा बहुमत ल्याउन सकेका छैनन्। कर्नाटका नै यस्तो राज्य हो जहाँ पाँच वर्षअघि पहिलो पटक भारतीय जनता पार्टीले आफ्नो सरकार बनाएको थियो।

हिन्दुत्वको नाराले उत्तरी भारतमा लोकप्रियता कमाएको भाजपा दक्षिणी भारतका अरू राज्यहरूमा भने सरकार बनाउन सकेको छैन।

सन् २०१८ को चुनावपछि सबैभन्दा ठूलो दल बनेपछि भाजपाले कर्नाटकामा आफ्नो नेतृत्वमा सरकार बनाएको थियो। त्यतिबेला कुनै पनि पार्टीको बहुमत आएको थिएन।

भाजपाले २२४ मध्ये १०४ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको थियो। भाजपाका बासभराज बोम्माई मुख्यमन्त्री बनेका थिए।

कर्नाटकाको सत्तामा पुनरागमन हुनुको महत्व कंग्रेसका लागि त्यो राज्यमा मात्र सीमित हुने छैन। यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ। छत्तीसगढ र राजस्थानमा कंग्रेसको सरकार छ। ती राज्यमा आफ्नो सरकार जोगाएर अन्त पनि बहुमत ल्याउन कंग्रेसलाई कर्नाटकाको जितले हौसला दिनेछ।

त्योसँगै अर्को वर्ष हुने आम निर्वाचनका लागि पनि कर्नाटकाको चुनावले अर्थ राख्नेछ। भारतमा अहिले कंग्रेस यति धेरै कमजोर भएको छ कि अरू दलहरूले उसको नेतृत्वमा विपक्षी गठबन्धन बनाउन पनि आनाकानी गरिरहेका छन्।

कर्नाटकाको सत्तामा फर्किएपछि भाजपासँग भिड्न सक्ने शक्ति अझै पनि कंग्रेस नै हो भन्ने सन्देश जानेछ।

कर्नाटकामा लोकसभाका २८ सिट छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu