ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते


एबीसी / संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार   १० : ०३   बजे

खाँदबारी, १२ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहरी गरी गम्भीर घाइते भएका छन् ।

सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नाललाई हत्या गरेका हुन् । दर्नालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।

प्रेमिकाको हत्या गरी गदालले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गदालको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर सदरमुकाम खाँदबारी आएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार गएराति मृतक दर्नालको डेरामा दुवैजना सँगै बसेका थिए । बिहान घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

शिक्षा क्षेत्रको विकासमा बागमती प्रदेश सक्रिय ः मुख्यमन्त्री बानियाँ

सम्बन्धित

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन–जी अगुवाहरु प्रहरीको नियन्त्रणमा

संसद्‌को आश्वासनदेखि होल्डिङ सेन्टरको डुबानसम्म — सुकुम्बासी व्यवस्थापनमा सरकारको गम्भीर असफलता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu