ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रम मोदीले पुटिनसँग फोनमा कुराकानी


एबीसी न्यूज
१६ असार २०८०, शनिबार   ११ : ००   बजे

 

 

नयाँदिल्ली, असार १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार कुराकानी भएको छ।
रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले शुक्रबार दुई नेताबीच टेलिफोनमा कुराकानी भएको जानकारी दिएको छ।
टाइम्स अफ इन्डियाका अनुसार टेलिफोन कुराकानीका क्रममा मोदी र पुटिनबीच रूस(युक्रेन युद्धको पछिल्लो अवस्था र केही दिनअघि रूसमा भएको विद्रोहबारे छलफल भएको थियो।
रूसको निजी सैन्य कम्पनी वागनर समूहले गत साता पुटिनविरूद्ध विद्रोह गरेको थियो। उक्त विद्रोह साम्य पार्न पुटिनले चालेका कदमको मोदीले समर्थन गरेको क्रेमलिनले दाबी गरेको छ।

गत वर्ष रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको थियो। रूसको उक्त आक्रमणको पश्चिमा मुलुकहरूले तीव्र विरोध गरेका थिए। भारत भने यो विषयमा अहिलेसम्म तटस्थ बसेको छ। राष्ट्रसंघका विभिन्न निकायहरूमा भएका रूससम्बन्धी मतदानमा भारत कि तटस्थ बसेको छ, कि अनुपस्थित भएको छ।

मोदीले गत साता संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण गरेका थिए।
अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका मोदीले रक्षासहित विभिन्न क्षेत्रमा अमेरिकासँग महत्वपूर्ण सम्झौता गरेका थिए।
युक्रेन युद्धमा रूसविरोधी मोर्चामा रहेको अमेरिका भ्रमणबाट फर्किएका मोदीले दस दिन नबित्दै पुटिनसँग गरेको टेलिफोन वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group