ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरिक्ष अन्वेषणमा चीनले फेरि अमेरिकालाई पछि पार्यो, मिथेनबाट चल्ने रकेटको सफल परीक्षण


ABC NEWS
२८ असार २०८०, बिहिबार   ५ : ४२   बजे

काठमाडौं २८ असार(एजेन्सी) । अन्तरिक्षमा कसले दह्रो पकड बनाउने भन्ने दौडमा अमेरिका र चीन प्रतिस्पर्धामा छन् । सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएको चीनले ‘ट्येन्गुङ’ अन्तरिक्ष केन्द्रमा बनाएर इतिहास रचिसकेको छ ।

बुधबार चीनले नयाँ इतिहास रचेको छ । मिथेन र लिक्विड अक्सिजनबाट चल्ने संसारकै पहिलो रकेटको सफलतापूर्वक प्रक्षेपण उसले गरेको हो । एक चिनियाँ निजी कम्पनीले रकेटको सफल प्रक्षेपण गरेसँगै मिथेनबाट चल्ने रकेट निर्माणमा सफलता हासिल गरेको हो । इलन मस्कको स्पेस एक्स र जेफ बेसोजको ब्लू ओरिजिनलाई चिनियाँ कम्पनी ल्यान्डस्पेसले पछि पारेको छ ।

चीनको यो घोषणा यस्तो बेला आएको छ, जतिबेला उसले सन् २०३०मा चन्द्रममा मानिस पठाएर स्याम्पल ल्याउने योजना सार्वजनिक गर्‍यो । बुधबार नै उसले यो योजना सार्वजनिक गरेको थियो । उक्त मिसनमा यही रकेट प्रयोग हुने घोषणा भइसकेको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ९ बजे ‘झुचे–२ क्यारियर रकेट’ जिउक्वान लन्च सेन्टरबाट सफलतापूर्वक प्रक्षोपण गरिएको छ । यो प्रक्षेपण सेन्टर चीनको उत्तर पश्चिमी स्थानको मंगोलिया क्षेत्रमा अवस्थित छ ।

चीनले लन्च गरेको यो रकेट दोस्रो पटकको प्रयासमा सफलता हासिल गरेको हो । पहिलो प्रयास सन् २०२२ को डिसेम्बरमा भएको थियो तर सफल हुन सकेन ।

राजधानी बेइजिङमा रहेकको ल्यान्डस्पेस कम्पनीले चिनियाँ अन्तरिक्ष कार्यक्रम अन्तर्गतको अग्रणी निजी कम्पनीको रुपमा मानिन्छ । चीनले सन् २०१४ देखि मात्रै निजी कम्पनीहरुलाई अन्तरिक्षमा लगानी गर्ने बाटो खुला गरिदिएको थियो । जसमा ल्यान्डस्पेस सुरुवातदेखि नै काम गर्दै आएको छ । अप्रिलमा बेइजिङकै टियानबिङ टेक्नोलोजीले मट्टितेल–अक्सिजनलाई इन्धनको रुपमा प्रयोग गरेर रकेटको सफल प्रक्षेपण गरेको थियो ।

चीनले सन् २०३० मा चन्द्रममा दुई वटा रकेट पुर्‍याउनका लागि यही इन्धन प्रयोग हुने रकेट जाँदै छन् । जसमा एउटा रकेटले चन्द्रमाको कक्षसम्म लुनार ल्यान्डर पुर्‍याउने र अर्को रकेटले अन्तरिक्षयात्रीहरुलाई छाड्ने छ । दुवै रकेट चन्द्रामाको कक्षमा पुगेपछि अन्तरिक्षयानलाई डकिङ–टाँसिने) गरेर चिनियाँ अन्तरिक्षयात्रीहरु लुनार ल्यान्डरमा प्रवेश गर्ने चिनियाँ योजना छ । जसमा उनीहरू लुनार ल्यान्डरमार्फत चन्द्रमको सतहमा पुगेर स्याम्पलहरू लिएर पृथ्वी फर्कनेछन् ।

मिथेन–लिक्विड अक्सिजन रकेट प्रोपलेन्टको रुपमा मिथेल र लक्विड अक्सिजनको प्रयोग हुन्छ । यसमा मिथेन इन्धनको रुपमा र लिक्विड अक्सिजन अक्सिडाइजरको रुपमा प्रयोग हुन्छ । मिथेन इन्धनको रुपमा प्रयोग हुने भएकाले यसलाई मिथालोक्स पनि भन्ने गरिन्छ ।

पराम्परागत प्रक्षेपणमा प्रयोग गरिने सिद्धान्त र पद्दति एउटै भए पनि यस किसिमको इन्धन प्रयोग गर्ने रकेटको प्रोपलेन्ट र केही डिजाइनहरु फरक हुन्छन् । परम्परागत रुपमा प्रयोग हुने रकेटमा आरपी–१ फ्युल र लिक्विड हाइड्रोजनको प्रयोग हुँदै आएको छ ।

आरपी–१ को विकल्पमा अहिले हाइड्रोजन त्यसपछि पाराफिन इन्धनको रुपमा प्रयोग हुँदै आएको छ । इलन मस्को फाल्कोन हेभी रकेटले आरपी–१ प्रयोग गर्छ । यसलाई रकेट ग्रेड किरोसिन पनि भन्ने गरिन्छ । डेल्टा–४ हेभी रकेटले लिक्विड हाइड्रोजन इन्धनको रुपमा प्रयोग गर्छ । यी इन्धनहरूको उत्पादन र रिफाइन गर्न धेरै खर्च र समय लाग्ने भएकाले केही महँगो र खर्चिलो हुन्छ ।

मिथेन प्राकृतिक रुपमा सहज रुपमा उत्पादन गर्न सजिलो हुने भएकाले पनि सस्तो पर्छ । प्राकृतिक अवस्थामा पनि पाइने मिथेनलाई अन्य विभिन्न तरिकाबाट पनि निकाल्न सकिन्छ । उच्च ऊर्जा घनत्व, राम्रोसँग बल्न सक्ने र सजिलै उपलब्ध हुनसक्ने भएकाले यसको सम्भावना धेरै नै रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । रकेट फ्युलमा मिथेनको प्रयोग धेरै नै फाइदाजनक मानिन्छ । जस्तो कि लिक्विड हाइड्रोजन र आरपी–१ भन्दा कम प्रदूषण गराउँछ र सुरक्षित, सस्तो र पुनःप्रयोग हुने भएकाले यसलाई उपयुक्त प्रपोलेन्ट मानिन्छ ।

पहिलो अन्तरिक्षयात्री निल आर्मस्ट्रङ, बज एड्रिनलाई बोकेको स्याटर्न–५ रकेटमा करिब २० लाख लिटर मट्टितेल(रिफाइन किरोसिन–१ अर्थात आरपी–१) र लिक्विड अक्सिजन अक्सिडाइजरको रुपमा प्रयोग भएको थियो ।

अन्तरिक्षमा जानका लागि सबैभन्दा महत्वपूर्ण भनेको रकेटमा प्रयोग गरिने इन्धनको रसायनिक अवस्था हो । त्यही भएर सस्तो सुलभ र उपयोगी इन्धनमा मुलुकहरूले जोड दिएका छन् ।

सन् २०२० मा चीनले मानवरहित एउटा मिसन चन्द्रममा पठाएर स्याम्पलहरू ल्याएको थियो । त्यसबेला चीन अमेरिका र रुसपछि चन्द्रमाबाट स्याम्पल ल्याउने तेस्रो मुलुक बनेको थियो ।

चीनले निर्माण गरेको यो रकेटको प्रक्षेपणसँगै चीनको सन् २०३०को मिसन सफल हुने अनुमान गर्न सकिन्छ । बुधबार लन्च भएको रकेटले चन्द्रमाको सन सिनक्रोनस अर्बिट(एसएसओ)मा एउटा पे–लोड पनि छाडेको छ । अर्थात्, सूर्यको सापेक्षमा एउटा स्थिर स्थितिमा राखिने वस्तु । यस्तो हुँदा सधैँ एउटै स्थानमा उक्त वस्तु घुम्ने गर्छ । अर्थात् कुनै दिन बेइजिङको आकाशमाथिबाट त्यो यानमाथि देखियो भने त्यस समयमा सधैं त्यही स्थान माथिबाट देखिन्छ । एसएसओ अर्बिटमा हुने यानले कुनै एउटा स्थानलाई एकै समयमा हेर्ने गर्दा समयसँगै भएका परिवर्तनहरूलाई विश्लेषण पनि गर्न मद्दत गर्छ ।

कुनै समय चिनियाँ नेता माओत्से तुङले ‘एउटा आलु पनि अन्तरिक्षमा पुर्‍याउन नसक्नेले कसरी विश्व शक्ति बन्छ’ भन्ने कटाक्षले चीनले मिसाइल र आणविक कार्यक्रमलाई बढावा गरेको मानिन्छ । सन् १९९९ मा उसले पहिलो पटक अन्तरिक्षमा मानवरहित आफ्नो यान पठाएको थियो । चिनियाँ अन्तरिक्ष कार्यक्रममार्फत सन् २००३ मा पहिलो पटक आँफै अन्तरिक्षयात्री बनाउने तेस्रो मुलुक बनेपछि अमेरिका र रसियापछि अन्तरिक्षमा आफ्नै भू–भागबाट अन्तरिक्ष यात्री पठाउने पहिलो मुलुक बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu