ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी आइतबार बेलायतमा नेपाली मेला


abc tv
४ भदौ २०८०, सोमबार   १० : २०   बजे

बेलायत । तमुधिँ युकेले आयोजना गर्दै आएको नेपाली मेलाको तयारी पूरा भएको छ । १४औं नेपाली मेला अगष्ट २७ तारिख आइतबारका दिन केम्प्टन पार्कमा आयोजना हुँदैछ ।

मेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक परशु गुरुङले मेलाको सम्पूर्ण तयारी भएको जानकारी दिए । उनले भने, ‘बिबिध कार्यक्रमहरुको साथमा आयोजना गर्न हामी तयार भईसकेको कुराको यहाँहरु सम्पूर्णलाई सहर्ष जानकारी गराउँन चाहन्छौं ।’

नेपालबाट हजारौं माइलको दूरीमा रहेतापनि आफ्नो भाषा, भेषभूषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई जीवन्त राख्ने उद्देश्यले तमुधिँ युकेले बेलायती भूमिमा स्थापित बिभिन्न संघसंस्था समुदायहरुहरुको सहकार्य हौसला, साथ र सहयोगले नेपाली मेला जस्तो बिशाल कार्यक्रमको आयोजना गर्न सक्षम भएका छन् ।

मेलाको तयारीबारे जानकारी दिँदै संयोजक परशु गुरुङले भने, ‘एकातिर यस कार्यक्रमको आयोजनाले नेपाली समुदाय, संघ संस्थाहरु बीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ भने अर्कोतिर यहाँका स्थानिय बासी समक्ष हाम्रो नेपाली कला र संस्कृति प्रस्तुत गर्ने एक थलो बनेको छ । अर्को महत्वपूर्ण कुरा भनेको यो कार्यक्रमको नयाँ पुस्ताहरुलाई नेपाली भाषा, कला र संस्कृतिलाई हस्तान्तरण गराउने एक माध्यम पनि हो र बिस्तारै आफ्नो परम्परालाई जीबन्त राख्न सकोस भन्ने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’

यस वर्ष युवा आकर्षण बढाउन मेला आयोजकले विशेष कार्यक्रम अघि सारेको छ । युवाहरुलाई प्रस्तुतिका लागि समय व्यवस्थापन गरिएको र पुरस्कार तथा मेडलको समेत व्यवस्था गरिएको जनाएको छ ।

मेलाको विशेष आकर्षण भनेको झाँकी हो । झाँकीमा सहभागी हुने संस्थाहरुका लागि पुरस्कारको व्यवस्था गरेको छ । मेलामा ३२ संघसंस्था र समुदायको झाँकीको सहभागिता रहने छन् ।

मेलामा १० हजारको उपस्थिति रहने अनुमान गरिएको छ । त्यस्तैगरी मेलामा रेष्टुरेण्ट, उद्यमी र ब्यापारीहरु गरी ३७ वटा स्टलहरु दर्ता भइसकेको संयोजक गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ बजारमा सद्भाव र्याली

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu