ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धनले तय गर्‍यो ३ मुख्यमन्त्रीको नाम, एमालेका भागमा परेका ४ मध्य ३ प्रदेशमा चुनावी प्रक्रियामा जानुपर्ने


एबीसी न्यूज
२५ माघ २०७४, बिहिबार   २ : ४६   बजे

काठमाडौँ,२५ माघ । वाम गठबन्धनको सरकार बन्ने ६ वटा प्रदेशमध्ये तीन वटामा मुख्यमन्त्रीको नाममा सर्वसम्मति गरेको छ  । बाँकी तीन वटामा भने चुनाव नै गर्नुपर्ने स्थिति आएको छ तर पनि छलफल र सहमति जुटाउन निकै कसरत गरेका छन् ।

माओवादी केन्द्रको भागमा परेका प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्टको नाम सिफारिस भएको छ  । प्रादेशिक कमिटीबाट सिफारिस नामलाई केन्द्रले अनुमोदन गर्नेछ । एमालेको भागमा परेका प्रदेश १, ३, ४ र ५ मध्ये एउटामा मात्र सर्वसम्मति भएको छ । प्रदेश ५ मा स्थायी समिति सदस्य शंकर पोखरेललाई एमालेले प्रदेशसभाको पहिलो बैठक बसेकै दिन संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रदेश १, ३ र ४ मा भने दलको नेता छान्न चुनाव नै गर्नुपर्ने अवस्था आएको छ । त्यसैले सम्बन्धित प्रदेशको संसदीय दलको बैठक आउँदो २६ गते बस्ने भएको छ । त्यो बैठकबाट मुख्यमन्त्रीसमेत हुने गरी संसदीय दलको नेता चयन गर्ने तयारी एमालेको छ । एमाले उपमहासचिव विष्णु पौडेलका अनुसार सर्वसम्मतिको प्रयास सफल नभए चुनाव नै गरिनेछ । केन्द्रबाट नेताहरूले सकेसम्म सर्वसम्मत चयन गर्नका लागि सुझाव दिएको उनले बताए ।

प्रदेश संसदीय दलको बैठक बस्नुअघि केन्द्रमा नेताहरूले एकपटक अन्तिम प्रयास गर्नेछन् । प्रदेश १ मा एमालेका केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य शेरधन राईबीच कुरा मिल्न सकेको छैन । आचार्य प्रदेश संयोजक र राई प्रदेश सहसंयोजक हुन् । अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले पनि यस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छन् । एमालेमा आकांक्षीलाई मिलाउन नसक्ने अवस्था आएकाले चुनावबाटै छिनोफानो गर्नुपर्ने स्थिति आएको हो ।

प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे मुख्य दाबेदार छन् । एकले अर्कालाई छोड्ने स्थिति नरहेकाले त्यहाँ पनि चुनाव हुने अवस्था आएको छ । शाक्य वाम गठबन्धनभित्रकै मुख्यमन्त्रीका लागि एक्ली महिला प्रतिस्पर्धी हुन् । पार्टीमा वरिष्ठ र प्रदेश संयोजकसमेत भएकाले उनले आफ्नो दाबी छाडेकी छैनन् ।

त्यस्तै प्रदेश ४ मा केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ आकांक्षी छन् । उनीहरू पनि एकअर्कालाई छोड्ने मनस्थितिमा नरहेकाले त्यहाँ पनि चुनाव हुने स्थिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group