ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुक्रबार साँझसम्ममा सरकार हस्तान्तरणको तयारी – काँग्रेस प्रवक्ता


एबीसी न्यूज
२५ माघ २०७४, बिहिबार   ५ : ०२   बजे

झापा, २५ माघ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार (भोली) साँझ सम्ममा सरकार हस्तान्तरणको मितिको टुङ्गो लाग्ने बताए । बिहीबार गृह जिल्ला झापा पुगेका शर्माले बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले फागुन दोस्रो हप्तासम्ममा नयाँ सरकार बन्ने समेत बताएका छन् । यता सरकारका प्रवक्ता एवंम सुचना तथा संचारमन्त्रि मोहनबहादुर वस्नेतले एविसी न्यूजलाई अन्र्तवार्ता दिदै संवैधानकि कानुन प्रक्रिया अगाडी बढेकोले फागुनको पहिलो सातामात्र सरकार छाड्ने बताएका छन् । यता पाटी प्रवक्ता र सरकारका प्रवक्ताको फरक फरक धारणा आउनुले पनि देउवा सरकार छाडन् तयार देखिदैनन् ।


यता काँग्रेसका प्रवक्ता शर्माले भने ‘अब बन्ने सरकार बहुमतको आधारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा बन्नेछ, म भावी प्रधानमन्त्री केपी ओलीलाई झापा जिल्लाबाट नै शुभकामना दिन चाहन्छु’, शर्माले भने, ‘भोली शुक्रबार बेलुका काँग्रेसले सरकार छाड्ने दिनको पनि टुङ्गो लाग्छ ।’

उनले संवैधानिकका प्रक्रियाका कारण सरकार हस्तान्तरण केही ढिलाइ भएपनि राष्ट्रियसभा चुनाव सकिएकाले तत्काल सत्ता हस्तान्तरण गर्ने बताए ।

‘जनताले दिएको म्याण्डेट अनुसार काँग्रेस सत्ता हस्तान्तरण गरी प्रतिपक्षमा बस्न तयार छ’, उनले भने, ‘कांग्रेसले सरकार छाड्न नचाहेको भन्ने बाहिर गलत प्रचार आएको छ, त्यो प्रकृया नबुझेर आएको प्रचार मात्र हो पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले भावी प्रधानमन्त्री ओलीलाई हात मिलाएर नै सत्ता हस्तान्तरण गर्नुहुनेछ ।’

पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने जिकिर गर्दै उनले वर्तमान सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले निरन्तरता दिनुपर्ने बताए ।
नेता शर्माले काँग्रेसभित्र रुपान्तरणको आवश्यकता रहेको बताउँदै वडा, स्थानीय तह, नगर, जिल्ला हुँदै देशभर अभियान अभियान लैजाने बताए। निर्वाचनमा कांग्रेसले भोगेको पराजयको आन्तरिक र दीर्घकालीन असर खोजेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने उनको भनाइ छ । ‘कांग्रेस हारेको खेलाडी जस्तो मैदान बाहिर मात्रै हुँदैन’, । कारणले हार भयो यसको निचोड निकालेर सुधार गर्नु कांग्रेसको अहिलेको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu