काठमाडौं, ३१ भदौ । एसिया कप–२०२३ को फाइनलमा श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एकै ओभरमा चार विकेट लिएका छन् ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा जारी खेलको चौथो ओभर बलिङका लागि आएका सिराजले ओभरको पहिलो, तेस्रो, चौथो र छैटौँ बलमा विकेट लिएका हुन् ।
सिराजले ओभरको पहिलो बलमा पथुम निसांकालाई रवीन्द्र जडेजामार्फत क्याच गराएका थिए । दोस्रो बल डट फालेका सिराजले तेस्रो बलमा सदिरा समराविक्रमालाई एलबीडब्लूको धरापमा पारे ।
सिराजले चौथो बलमा चरिथ असलंकालाई इशान किशनबाट क्याच गराएका थिए । पाँचौ बल चौका भए पनि छैटौँ बलमा सिराजले धनञ्जय डी सिल्भालाई विकेटकिपर केएल राहुलबाट क्याच गराए ।
टस जितेर ब्याटिङमा आएको श्रीलंकाले जारी खेलको ४।३ ओभर सकिँदा पाँच विकेट गुमाएर १२ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्