ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा, दिल्ली प्रहरीको छापा


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   १ : ५२   बजे

काठमाडौं, १६ असोज । नयाँ दिल्ली — समाचार वेबसाइट न्युजक्लिकसँग जोडिएका पत्रकारहरूको घरमा मंगलबार बिहान दिल्ली प्रहरीले छापा मारेको छ । प्रहरीले केही पत्रकारको ल्यापटप तथा मोबाइललाई नियन्त्रणमा लिएको छ ।

दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा दिल्ली प्रहरीको छापा मिडिया रिपोर्टका अनुसार दर्जनौं पत्रकारको घर र कार्यालयहरूमा प्रहरीले छापा मारेको हो ।

न्युजक्लिकमा कार्यरत पत्रकारहरू प्रवीर पुरकायस्थ, सञ्जय राजौरा, उर्मिलेश, भाषा सिंह, औनिंद्यो चक्रवर्ती, अभिसार शर्मा र सोहेल हासमीलगायतको घरमा प्रहरीले छापामा मारेको हो । प्रहरीले छापा मार्नुको कारण बताइसकेको छैन ।

भारतीय जनता पार्टी भाजपा नेतृत्वको सरकारको आलोचनामा समाचारहरू प्रकाशन र प्रसारण गर्ने संस्थाका रुपमा उक्त वेबसाइट चिनिँदै आएको छ । यसअघि नै सरकारले उक्त वेबसाइटमाथि चिनियाँ प्रोपोगान्डा फैलाउने उद्देश्यले लगानी भित्र्याएको आरोप लगाइसकेको छ ।

केही समयअघि केन्द्रीय मन्त्री अनुराग ठाकुरले एक मिसनअन्तर्गत भारतको दुष्प्रचार भइरहेको बताएका थिए । उनले त्यसमा न्युजक्लिकमाथि पनि त्यस्तो आशय प्रकट गरेका थिए । उनले न्युजक्लिक भारतविरुद्ध प्रचार गर्ने संस्था रहेको उल्लेख गरेका थिए ।

प्रेस क्लब अफ इन्डियाले न्युजक्लिकसँग जोडिएका पत्रकार र अन्य व्यक्तिको घरमा छापा मार्नुलाई चिन्ताजनक भनेको छ । क्लबले समाजिक सञ्जाल एक्समार्फत क्लब पत्रकारहरूको साथमा रहेको जनाएको छ । घटनाप्रति नजर राखिएको र यसबारे थप जानकारी दिन सरकारसँग क्लबले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu