ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको विरोध कायमै , सरकारले गर्यो राष्ट्रियभामा तीन जनाको नाम सिफारिस


एबीसी न्यूज
२६ माघ २०७४, शुक्रबार   ५ : ५७   बजे

काठमाडौं,२६ माघ । सरकारले राष्ट्रिय सभामा तीन सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । संविधानको धारा ८६ को २ (ख) अनुसार शुक्रबार बसेको मन्त्रिपरिष्द बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनयनको सिफारिस गरेको हो ।

सरकारको यो मनोनयनसँगै राष्ट्रियसभाले पूर्णता पाउने भएको छ । सरकारको सिफारिस गरेका तीन जना मध्ये दुई कांग्रेसमा क्रियाशील रहेका नेता हुन् । जोशी कांग्रेस शुभेच्छुक हुन् र सामाजिक क्षेत्रमा काम आबद्ध छन् । बस्नेत झापा जिल्ला कार्यसमितिका पूर्व सचिव समेत हुन् । ०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएपछि उनी क्रियाशील राजनीतिबाट सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए । साहित्यिक र व्यवसायीक क्षेत्रमा समेत क्रियाशील बस्नेत  देउवाका विश्वासपात्र समेत हुन् ।

देउवा पार्टी सभापतिमा निर्वाचन भएपछि पौडेललाई पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव बनाएका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका पौडेल मुख्य सचिव हुनुअघि शिक्षक संघ र ट्रेड युनियन कांग्रेसमा आबद्ध थिए । उनी स्याङजाको भिरकोट नगरपालिका–१ निवासी हुन् ।

संसदको ठूलो दल नेकपा एमालेले भने सरकारले गर्ने सिफारिशको विरोध गर्ने बताएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सभाका तीन सदस्य पनि सिफारिश गर्नु सरकारको निर्लज्जताको पराकाष्ठा हुने र आफूहरु त्यसको विरोध गर्ने चेतावनी दिएका छन् । ‘कामचलाउ भइसकेको सरकारले जनमतप्राप्त सरकारको जसरी काम गर्दै आएको छ, ’ ज्ञवालीले भने, ‘हामी त्यसको विरोध गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group