काठमाडौं ३० असोज । कान्तिपुर पब्लिकेसन्सन लिमिटेडमाकान्तिपुर व्यवस्थापन र पत्रकार महासंघको शाखाबीच भएको ७ बुँदे सहमति भएको छ ।
आइतबार कान्तिपुर व्यवस्थापन र महासंघ शाखाबीच पत्रकारहरूलाई न्यूनतम अवकाश प्याकेज दिने सहमति भएको थियो । तर नेपाल पत्रकार महासंघका केन्द्रले हस्तक्षेप गर्दै सहमति नमान्ने भन्दै आन्दोलन घोषणा गरेपछि महसंघको कान्तिपुर शाखा र केन्द्रबीच नै तनाव शुरु भएको छ ।
व्यवस्थापन र पत्रकारका प्रतिनिधिबीच सात बुँदे सहमति भएकोमा केही कान्तिपुर पव्लिकेशनलाइृ योजनावद्ध हमला गर्न चाहने तत्वको उक्साहटमा महासंघको व्यानर दुरुपयोग भएको भन्दै महासंघ कान्तिपुर शाखाका अध्यक्ष अनिल गिरिले वक्तव्य मार्फत शाखाको स्वतन्त्र हैसियत र अस्तित्वमाथि प्रश्न नउठाउन चेतावनी दिएका छन् ।
आइतबार भएको सहमतिले पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठानले असोज १२ गते व्यवस्थापनसमक्ष बुझाएको १२ बुँदे मागपत्र र महासंघ केन्द्रीय कार्यालयले जनाएको प्रतिबद्धतालाई वेवास्ता गरेको भन्दै महासंघका महासचिव रोशन पुरीले जारी गरेको वक्तव्यमा सहमतिलाई अस्वीकार गर्न सम्पूर्ण श्रमजीवी पत्रकाहरूलाई आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्