ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्को फड्को हान्न बेर मान्दिनँ– प्रचण्ड


एबीसी न्यूज
२८ माघ २०७४, आइतबार   ८ : ५५   बजे

काठमाडौं, २८  माघ,  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर बनेको आरोप लाग्ने थालेपछि उहाँले फूलाई अस्थिर नभन्न आग्रह गर्नुभएको छ ।

एमालेसँग सत्तामा रहेका उनी भद्र सहमति अनुसार प्रधानमन्त्री नछाडेको भन्दै रातारात कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका बन्नुभएको थियो । कांग्रेससँग सरकारमा रहेका बेला गत दशैंताका विपक्षी एमालेसँग चुनावी तालमेलको सहमति गरेर अर्को सप्राइज दिनुभएको थियो ।

अहिले पनि कतिपय एमाले नेताहरूले प्रचण्ड अस्थिर भएकै कारण पार्टी एकताका लागि चाहिने विश्वास बन्न गाह्रो भइरहेको बताउने गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने देश हितलाई हेरेर यस्ता फड्को मार्ने गरेको दाबी गर्नुहुन्छ ।

चितवनमा आयोजित एक कार्यक्रममा उहाले एमाले छाडेर कांग्रेसतिर जानुको कारण बताउनुभयो। ‘ कतिपय प्रधानमन्त्री बन्न मात्र गयो भन्ने परेको होला, त्यो सत्य होइन’ , ‘मलाई मैले मात्र पार्टीहरुको तिक्तता, जातिजाति तथा मधेस र पहाडबीच बढेको दुरी घटाउन सक्छु भन्ने लाग्यो । ‘

अस्थिर भन्दै व्यग्य गर्न आवश्यक नरहेको भन्दै उहाले भन्नुभयो, ‘अहिले म जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ ।’

प्रचण्ड भनेकै अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने भएको उहाँको तर्क छ ।

बाल्मिकी पहिला डाँका रहेको र बुद्ध धर्मलाई स्थापित गर्ने राजा अशोक पनि युद्ध कमाण्डर भएको उनले स्मरण गराउदै । आफ्नो स्थिति पनि अरु पार्टी र नेताहरु भन्दा भिन्न रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, फरक हुनुमा मलाई गर्व छ ।’

राजनीतिबारे प्रतिकात्मक रुपमा मात्र बोलेको भन्दै उहाले कुनै दिन साच्चीकै रुपमा भन्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group