मकवानपुर २९ माघ । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएका छन् । एमाले प्रदेश नम्बर ३ संसदीय दलको नेता चुनिएका उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि पौडेललाई मुख्यमन्त्री बनाउन एमालेको सिफारिस र माओवादीको समर्थनपत्र प्रदेश प्रमुख कोइरालालाई बुझाइएको थियो ।
प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आइतबार साँझ पत्रकार सम्मेलन गरी पौडेल मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिएका थिए । एमाले संसदीय दलका नेता पौडेलले एमालेका ५८ सांसदको हस्ताक्षरसहितको पत्र र माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कटेलको समर्थनपत्र दिउँसो साढे १ बजे प्रदेश प्रमुख कार्यालयमा बुझाएका थिए।
प्रदेश प्रमुख कोइरालाले संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम ७२ वर्षीय पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त मुख्यमन्त्री पौडेललाई प्रदेशप्रमुख कोइरालाले प्रदेश प्रमुखको कार्यालयमा सोमबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्