ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुले त्रुटी गरे, समानुपातिक सूची सच्याउन पत्राचार – आयोग


एबीसी न्यूज
१ फाल्गुन २०७४, मंगलबार   १० : ५४   बजे

काठमाडौं, १ फागुन । निर्वाचन आयोगले कांग्रेस, माओवादी र राजपालाई समानुपातिक सांसदहरुको सूची सच्याएर पुनः पठाउन पत्राचार गरेको छ । उनिहरुले ओगलाई बुझाएको समानुपातिको सूचिमा त्रुटि भटिएकोले पुन सच्चाउन पत्रचार गरेको आयोगले बताएका छ ।
सोमबार पेस गरेको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम नमिलेपछि आयोगले सच्याएर पुनः बुझाउन भन्दै सोमबार पत्राचार गरेको हो ।

सूची बुझाउन दुई दिनको समय दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अब आयोगले भनेअनुसार फागुन २ गते साँझ ५ बजेभित्रै सूची बुझाउनुपर्ने छ । दलहरुको त्रुटीले प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन ढिलाइ भएको छ ।

कुनदलको कहाँ त्रुटी ?

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले बुझाएको सूचीमा पिछडिएको क्षेत्रको ठाउँमा अन्य समूहबाट दुई जनाको नाम राखेर बुझाएको छ ।

कांग्रेस र राजपाको भन्दा माओवादी केन्द्रले बुझाएको सूचीमा धेरै त्रुटी देखिएको छ । पिछडिएको क्षेत्रबाट एक जनाको प्रतिनिधित्व गराउन, खसआर्यबाट ५ जनाको नाम बुझाउनुपर्नेमा ६ जनाको नाम बुझाइएकाले एकजना घटाउन र मधेसी समूदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनाको मात्रै नाम रहेकाले एक जना थप्न आयोगले माओवादीलाई भनेको छ ।

यसैगरी राजपाले खसआर्यबाट दुई जना महिलाको नाम पठाउनुपर्नेमा प्राथमिकताको क्रम नमिलेकाले सच्याएर पठाउन आयोगले भनेको छ । सुरुमा सूची बुझाउँदा खर्सआर्य समूहको एक नम्बरमा नरमाया ढकालको नाम भए पनि राजपाले सोमबार बुझाएको सूचीमा ढकालको नाम हटाएर दोस्रो र तेस्रो नम्बरमा रहेका व्यक्तिहरुको नाम उल्लेख छ ।

दलहरुले सच्याएर सूची बुझाउनासाथ प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group