ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको लगनचोकमा आगलागीबाट दुईवटा घर जलेर पूर्णरुपमा नष्ट, एक जनाको अवस्था अज्ञात


एबीसी न्यूज
५ फाल्गुन २०७४, शनिबार   ७ : ३३   बजे
फायल फोटो

काठमाडौं, ५ फागुन  ।  काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान भएको आगलागीमा दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने एक जनाको अवस्था अज्ञात छ ।

शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको भएको प्रहरीले जनाएको छ ।

अमृतलाल रञ्जितको घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार भाडामा बस्दै आएको थिए। ६५ वर्षिय जीवनकाजीको अवस्था अज्ञात छ । उनका छोरा प्रविण आगोमा जलेर सामान्य घाइते भएका छन् । उनलाई वीर अस्पतालमा उपचार गरिएको छ ।

घाइते प्रविणले प्रहरीलाई दिएको जानकारी अनुसार बुवा जीवनकाजीलाई बाहिर निकाल्ने प्रयास गरे पनि नसकेपछि उनी बाहिर निस्किएको बताएका छन् । आगलागी भएको स्थानमा खटिएका डिएसपी टेकुनन्द ईवा लिम्बुका अनुसार जीवनकाजीको अवस्था थाहा हुन सकेको छैन । जीवनकाजी प्यारालाईसिसको समस्याबाट पीडित रहेको बुझिएको लिम्बुले बताए ।
अहिले आगो नियन्त्रणमा आईसकेको छ । आगलागीको कारण खुलेको छैन । तर, घरभित्र बालेको हिटरबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका पाँचवटा दमकल प्रयोग गरिएको थियो । आगो निभाउन अग्नि नियन्त्रक टोलीसँगै प्रहरी र स्थानीयबासी खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu