ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी


एबीसी न्यूज
७ फाल्गुन २०७४, सोमबार   ११ : २२   बजे

पाँचथर, ७ फागुन ।   पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ ।

लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ । तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन् ।

चट्टानयुक्त पहाडले घेरिएको तिम्बुपोखरी आकर्षक छ । समुद्र सतहदेखि चार हजार ४८० मिटरको उचाइमा रहेको उक्त पोखरीले धार्मिक महत्व पनि बोकेको छ । यसलाई विष्णुपोखरीसमेत भनिन्छ । यहाँ पूजा गर्न जानेहरु प्रशस्तै भेटिन्छन् । यहाँबाट तिम्बुपोखरीसँगै हिमाली र उच्च पहाडी क्षेत्रका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । बर्सेनि यहाँको सौन्दर्यले मानिसलाई तान्ने गरेको तिम्बुपोखरी नजिकैको थाङ्मा खोलाका गोठ सञ्चालक मदन गौतम बताउँछन् ।

तिम्बुपोखरीसँगै पहाडे मेगु, फालोट लगायतका आकर्षक लेकाली क्षेत्र छन् । जैविक विविधताले यो क्षेत्र भरिभराउ छ । हेरेर आँखा नअघाउने दृश्य यहाँ हेर्न पाइन्छ । पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या वृद्धि भएसँगै तिम्बुपोखरीको प्रचार र महत्व बढ्दै गएको पोखरी संरक्षण समितिका अध्यक्ष भीम भण्डारीले बताउनुभयो ।

पदयात्राका लागि यो क्षेत्र उपयुक्त गन्तव्यका रुपमा मानिएको छ । यहाँ पुग्न पाँचथरको च्याङ्थापुदेखि पदयात्रा गर्नुपर्छ । लेकका आकर्षक डाँडा चहार्दै तीन दिनको यात्रामा तिम्बुपोखरी पुगिन्छ । यहाँ प्रशस्त लेकाली जडीबुटीसमेत पाइन्छन् । ठाउँठाउँमा गोठहरु छन् । यहीँ चौरी, उराङ र याकसँग रमाउन सकिन्छ । पूर्वाधारको विकास नभएकाले गन्तव्यसम्म पुग्न लौरी नै टेकेर हिँड्नुपर्छ ।

स्थानीयवासी यामबहादुर भण्डारीका अनुसार यहाँ केही दिन घुम्नका लागि विभिन्न ठाउँ छन् । च्याङ्थापुदेखि फलैँचा, कालीखोला हुँदै यहाँ पुगिन्छ । भारतको सिक्किमको सिमाना नजिकै रहेको तिम्बुपोखेरीदेखि केही घण्टा हिँड्दा सिक्किमको लक्ष्मीपोखरी पुगिन्छ । अहिलेसम्म यस्ता पोखरी अवलोकनका लागि धेरै पर्यटक नजाने हुँदा सफा र चिटिक्क देखिन्छ । लेकाली क्षेत्र भएकाले लेक लाग्ने सम्भवना भने उत्तिकै हुन्छ । गोठमा बास बस्दै यात्रा गर्नेहरू अचेल भेटिन थालेका छन् । आन्तरिक पर्यटक नै बढीजसो यस क्षेत्रमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।

यहाँ आउनेले गोठमा बस्ने, सुत्ने र खाने गर्नुपर्छ । यो क्षेत्र उति धेरै महँगो छैन । यहाँ जाँदा एक्लै भन्दा पनि समूहमा जाने र पथप्रदर्शक लिएर जानुपर्ने हुन्छ । यहाँका दृश्यहरु कुमारी छन् । अग्ला अग्ला पहाड आकर्षक छन् । ठाउँठाउँमा गोठमा बस्दै उकालो चढ्नेहरु भेटिन्छन् ।

सिक्किमको सिमाना नजिक छ । चाँैरी, भेडा, याक, उरागसँग रमाउँदै उकालो चढ्न सकिन्छ । तिम्बुपोखरीलाई विष्णुपोखरी पनि भनिने स्थानीयवासीले बताए । कतिपय मानिस तिम्बु हुँदै सिक्किमको लक्ष्मीपोखरीसम्म पुग्ने गर्छन् । कुम्भकर्ण लगायतका हिमाल हेर्दै उकालिनेहरु भेटिन्छन् । च्याङ्थापु देखि उकालो, ओरालो गर्नेको संख्या बाटोमा प्रशस्त भेटिन्छ ।

तिम्बुपोखरीमा आउनेको संख्या बढ्दै गएको अनुभव छ, संरक्षणको क्षेत्रमा क्रियाशील रहेका मन्जित राईको । बर्सेनि सो क्षेत्र पुग्ने उहाँको अनुभवमा पछिल्ला वर्षमा तिम्बुपोखरी र यहाँ रहेका दृश्यले धेरैको मन तानेको छ । विकास हुँदै जाँदा यो संख्या बढेर जाने अनुमान उहाँको रहेको छ । बाटोभरि ठूल्ठूला झोला बोकेर उकालो–ओरालो गर्नेहरु भेटिन्छन् । उच्च क्षेत्र भए पनि पदयात्रीहरु बढेका छन् । यो क्षेत्र जैविक विविधताको धनी रहेको छ । यहाँ जान एक साता लामो यात्रामा निस्किन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र कुवेती दिनार घट्दा अस्ट्रेलियन डलर बढ्यो

Two Pilots Killed As Army Apache Helicopter Crashes In Texas, Ignites Wildfire

Brazil Suspends Discord Livestreaming Following Teen Suicide

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन : १५ बुँदे डब्लिन घोषणापत्र जारी

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

US Defense Chief Warns ICC Over Latin America Investigations Amid Expanded Drug War

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu