काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वालुवाटारमा भेटवार्ता जारी छ ।
बालुवाटार मा सुरु भएको वार्तामा छिटोभन्दा छिटो पार्टी एकताको विषयलाई टुङ्ग्याउने र सरकारमा सहभागी हुने विषयमा छलफल हुने बताईएको छ ।
वन टु वन वार्ता सकिएक पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताईएको छ । प्रधानमन्त्रीनिवास वालुवाटारमा जारी वार्तामा पार्टी एकता घोषणा, सरकार विस्तार लगायतका विषयमा छलफल भइरहेको छ ।
यसअघि हिजो भएको दुई शीर्ष नेताको छलफलले सैद्धान्तिक रुपमा असहमत विषय महाधिवेशनबाट टुंगो लगाउने गरी सहमति भएको छ । छलफलपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब पार्टी एकता घोषणा गर्न कुनै कुरा अवरोध नरहेको बताइसक्नु भएको छ । वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बसी पार्टी एकता घोषणा गर्ने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्