काठमाडौं, ७ फागुन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति बनेको छ ।
दुई नेताबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
एमाले उपाध्यक्ष वामदेव गौतमले दुई नेताबीच पार्टी एकताको सहमति जुटेको बताए । गौतमले भने, ‘पार्टी एकताका लागि दुई अध्यक्षबीच सहमति भएको छ त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्छ ।’
प्रतिक्रिया दिनुहोस्