ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजसेवी सुष्मा गुरुङ ‘इम्प्लोइ अफ द इयर २०२३’ बाट पुरस्कृत


abc tv
४ जेष्ठ २०८१, शुक्रबार   ४ : ०९   बजे

लन्डन । बेलायतवासी समाजसेवी एवं मेन्टल हेल्थ कम्युनिटी नर्स सुष्मा गुरुङ पुरस्कृत भएकी छन् ।

बिहीबार मे १६ तारिख २०२४ बेलुकी ग्रील्डफोर्ड सर्रेको हार्बर होटलमा आयोजित सर्रे एन्ड बोडर्स पार्टनरसिप स्टाफ अवार्ड समारोहमा सुष्माले दोस्रो पोजिसनको अवार्ड प्राप्त गरेकी हुन । उनलाई करिब ४ सय दर्शकको माझ सर्रे एन्ड बोडर्स पार्टनरसिप एनएचएस फाउन्डेसन ट्रस्ट २०२३ बाट सिल्भर क्याटगोरीमा ‘इम्प्लोइ अफ द इयर २०२३’ प्रदान गरिएको हो । समारोहमा अल्डरसट हेल्थ केयरका १० जना स्टाफसहित फ्रिम्ली पार्क हस्पिटलका स्टाफहरुले पनि सुष्मालाई साथ दिएका थिए ।

एनएचएसका कर्मचारीहरुले कसले कति काम गरे भन्ने २०२३ मा गरिएको अनुसन्धनबाट सुष्मा अब्बल कर्मचारी ठहरिएपछि पुरस्कृत गरिएको हो ।

सुष्मा अल्डरसट हेल्थ सेन्टरमा कार्यरत छिन् ।‌ सुष्माले एनएचएस कर्मचारीहरुमध्येबाट राम्रो काम गरेको ठहर भएको छ ।
सुष्माले खासगरी गोर्खा र नेपाली समुदायबीच ‘कुराकानी’ कार्यक्रम चलाउँदै आएकी छन् भने बिरामीहरुको राम्रो हेरविचार, बिरामीहरुलाई उपचारमा खेलेको भूमिकाको कदरस्वरुप पुरस्कार दिइएको हो ।

मनोचिकित्सक (साइक्याट्रिक) नर्स सुष्मा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । ग्रेटर रस्मूर नेपाली कम्युनिटीको उपाध्यक्ष, तमु धीं युके महिला समूहको कार्यकारी सदस्य, शिव कल्चर एन्ड कम्युनिटी सेन्टरको महासचिव तथा श्री सत्य साई अर्गनाइजेसन युके क्षेत्रीय अध्यक्षसमेत छिन् ।

अध्यात्ममा उनको विशेष रुची छ । शिक्षामा अब्बल हुँदै आएकी सुस्मा सन् १९९८ सालमा बेलायत आएकी हुन् । उनले १९९३ सालमा काठमाडौँको मिनभवन क्याम्पसबाट बीकम, २००३ मा युनिभर्सिटी अफ सर्रेबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक र २०१७ मा युनिभर्सिटी अफ वेस्ट लन्डनबाट मेन्टल हेल्थमा पहिलो श्रेणीमा ग्र्याजुएट गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu