ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ को समृद्धि : धार्मिक पर्यटन, कृषि र औद्योगिक व्यापार


एबीसी न्यूज
१२ फाल्गुन २०७४, शनिबार   ९ : ५६   बजे

उर्लाबारी, मोरङ, १२ फागुन ।   प्रदेश नं १ को प्रदेश सरकार विभिन्न शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने निर्णय गर्दै यस क्षेत्रको विकास, समृद्धि र सम्भावनाको अध्ययनमा जुटिसकेको छ ।

देशका सात प्रदेशमध्ये प्रदेश नं १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनका सम्भावना छ । प्रदेशमा यसअघिका अञ्चल मेचीका चार, कोशीका छ र सगरमाथाका छमध्ये चार गरी १४ जिल्ला समेटिएका छन् । पच्चीस हजार ९०५ वकिमी क्षेत्रफलको सो प्रदेशको जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३छ । विसं २०६८ को जनगणनानुसार जनघनत्व १७५ दशमलब ०६ छ । ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीन जिल्ला हिमाल, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला पहाड तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका सो प्रदेशमा छन् ।

धार्मिकस्थलः प्रदेश नं १ धार्मिक क्षेत्रको हिसाबले निकै महत्वपूर्ण मानिएको छ । प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी हुँदै सुनसरीको बराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरीजस्ता महत्वपूर्ण धार्मिक क्षेत्र छन् । प्रदेशमा धनकुटाको छिन्ताङदेवी, मोरङको सुनवर्षी, झापाको कन्काई धाम, शिवसताक्षीजस्ता धार्मिक क्षेत्र छन् ।
पर्यटनः उच्च सगरमाथादेखि देशकै होचो भूभाग झापाको केचनासम्म रहेको सो प्रदेशमा पर्यटनको प्रचूर सम्भावना बोकेका धेरै स्थान छन् । मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाको केचनाकलन, जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृङ्खला क्षेत्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका बराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधामजस्ता पर्यटन क्षेत्र प्रचूर सम्भावना बोकेका क्षेत्र हुन् ।
वर्तमान प्रदेश सरकारले मुख्यमुख्य पर्यटन क्षेत्रको गुरुयोजना नै तयार पारेर संवद्र्धनमा अघि बढ्नुपर्ने मोरङ क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य कुलप्रसाद साँवा बताउनुहुन्छ । सिएनएनले गरेको सर्वेक्षणमा विश्वकै १२औँ उत्कृष्टमध्ये आठौँ उत्कृष्ट गन्तव्यको सूचीमा सूचीकृत धनकुटाको नाम्जे प्रचारप्रसार र पूर्वाधार नहुँदा ओझेलमा परेको नाम्जे होमस्टेका अध्यक्ष अनिलकुमार रानाको गुनासो छ । प्रदेश सरकारले यस क्षेत्रमा पूर्वाधार विकास गरी प्रचारप्रसारमा सहयोग पु¥याए विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा विकास हुने उहाँको भनाइ छ ।

कृषिः तराईका झापा र मोरङ अन्न उत्पादनका भण्डार मानिन्छन् । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका सूचना अधिकृत राजेन्द्र उप्रेती बताउनुहुन्छ । यी क्षेत्रमा वार्षिक सरदर १२ लाख बढी मेट्रिक टन धान उत्पादन हुन्छ । प्रदेशमा मकै, गहुँ, अमलिसो, अदुवा, अलैँची, चिया, आलुलगायत पनि उत्पादन हुन्छ । गत साउनदेखि कात्तिकसम्म मात्रै प्रदेशका जोगवनी र काँकडभिट्टा नाकाबाट रु दुई अर्बभन्दा बढीको कृषिउपज (जुट बाहेक) भारत र बंगलादेश निर्यात भएको थियो ।
औद्योगिक व्यापारः नेपालकै पहिलो उद्योग विराटनगर जुट मिलदेखि लिएर अहिले सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा दर्जनौँ ठूला उद्योग छन् । सो करिडोर क्षेत्रमा सानाठूला गरी ५०० भन्दा बढी उद्योग सञ्चालनमा छन् । मधेश, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलाङचुङङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगबनी तथा भण्टाबारी नाका चर्चित छन् । उत्तरका नाका चालु अवस्थामा नभए पनि दक्षिणका नाका अहिले सञ्चालनमै रहेको छ । सडक सञ्जाललाई व्यवस्थित बनाउँदै उत्तर चीनसँग जोडिएका नाका पनि सञ्चालनमा ल्याउन सके यस प्रदेशमा अझै औद्योगिक व्यापार फस्टाउने देखिएको विज्ञ बताउँछन् ।

नेपालमा पहिलो पटक संघीयता लागू भएको अवस्थामा यसको कार्यान्वयनका लागि तीनै तहका सरकारबीच आपसी सहकार्य हुनुपर्ने मोरङ उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो बताउनुहुन्छ । स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गरेर मात्र अगाडि बढ्नुपर्ने उहाँको धारणा छ । ठोस नीति बनाएर पर्यटन, कृषि र औद्योगिक क्षेत्रमा लगानी गरे प्रदेशको सम्पन्नताका लागि आधार तयार हुने उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई बताउनुहुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group