सुर्खेत, १२ फागुन । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही विहानै सडक सफा गर्न पुगेका छन् । कामगर्दा कोहीपनि सानो हुदैन भन्ने परम्परा तोड्न मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै सडक सफाइमा जुटेका हुन ।
उनी शनिबार अस्थायी राजधानी सुर्खेत बजारको सफाइ कार्यक्रममा सहभागी भए । मुख्यमन्त्री शाहीले सडकका नाली सफा गरेका थिए ।
निलो ट्र्याकसुट, कालो छालाको जुत्ता र मास्क लगाएर मुख्यमन्त्री शाही सडक सफाइ कार्यक्रममा सहभागी भएका थिए । आज शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सरसफाइमा सक्रिय भएका शाहीले पत्रकारहरुलाई कुरा गर्दै उनले भने, ‘ठूलाले हेर्ने, सानाले काम गर्ने गर्नु हुँदैन ।’
मंगलगढी चोकबाट वीरेन्द्र चोकसम्म सफाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा मन्त्री, सचिव र सुरक्षाकर्मीको समेत सहभागी थिए । मुख्यमन्त्री शाहीले अब हरेक महिना दुई दिन आफू बजार क्षेत्रको सरसफाइमा सहभागी हुने जानकारी पनि दिए ।
प्रतिक्रिया दिनुहोस्