ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको भनाइ


एबीसी न्यूज
३ असार २०८१, सोमबार   ४ : ५४   बजे

काठमाडौं ३ असार । अस्ट्रेलियाको मुख्य व्यापारिक साझेदार चीनसँगको आर्थिक विवाद ‘सही मार्गमा’ फर्किएको भन्दै बेइजिङले सोमबार अस्ट्रेलियासँगको सम्बन्ध सुधारको प्रशंसा गरेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग वार्ता गर्नुअघि चिनियाँ प्रधानमन्त्री ली किआङलाई क्यानबेराको संसद् भवनमा भव्य स्वागत गरिएको थियो ।

सन् २०१७ पछि भ्रमण गर्ने उच्चपदस्थ चिनियाँ अधिकारीका रूपमा लीले आफ्नो अस्ट्रेलिया भ्रमणले सम्बन्ध सुधार र स्थिर विकासको सही बाटोमा रहेको बताउनुभयो ।

उहाँले अस्ट्रेलियाली नागरिकलाई चीनमा सीमित भिसामुक्त पहुँच प्रदान गर्ने शाखाको पनि प्रस्ताव गर्नुभयो । “हामी सधैँ सहमत हुनेछैनौँ र हामी असहमत भएका बिन्दुलाई मौन छोड्छौं भने त्यो समाधानको बाटो हुनेछैन,” अल्बानिजले भन्नुभयो ।

‘आपसी सम्मान, मतभेद र पारस्परिक फाइदाजनक सहयोगलाई त्यागेर साझा आधार खोज्नु’ सम्बन्धका लागि महत्त्वपूर्ण भएको चिनियाँ प्रधानमन्त्री लीले आफ्नो अस्ट्रेलिया भ्रमणको सुरुमा बताउनुभयो ।

लीको चारदिने भ्रमणले प्रमुख अस्ट्रेलियाली निर्यातको शृङ्खलाविरुद्ध लगाइएका दण्डात्मक उपायहरू हटाउने र यसले चीनको अस्ट्रेलियासँगको व्यापार वृद्धिको सम्भावना बढाउने बेइजिङले विश्वास लिएको छ ।

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । उसले गत वर्ष प्रमुख वस्तुहरू फलाम, कोइला र खनिज पदार्थसहित आफ्नो निर्यातको लगभग ३० प्रतिशत हिस्सा ओगटेको थियो ।

सन् २०२३ मा दुईतर्फी व्यापार ३२७ अर्ब अस्ट्रेलियन डलर ९२१६ अर्ब डलर० पुगेको थियो ।

सन् २०२० मा अतिराष्ट्रवादी चिनियाँ सरकारसँगको कूटनीतिक दरारका कारण चिनियाँ प्रतिबन्धका कारण कोइला, काठ, जौ, गाईको मासुका साथै वाइनको निर्यातमा समस्या भएको थियो ।

ती प्रतिबन्धहरूले अस्ट्रेलियाली निर्यातकर्ताहरूलाई एक वर्षमा अनुमानित २० अर्ब अष्ट्रेलियाली डलर ९१३ अर्ब अमेरिकी डलर० घाटा लागेको थियो । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu