काठमाडौं ५ असार । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने सुरुङ मार्गभित्र बुधबार दिउँसो ट्रक दुर्घटना हुँदा विमानस्थल जाने सबै लेन बन्द भएका छन्।
यद्यपि, विशेष व्यवस्था गरी सवारीसाधन आवतजावत गराइएको छ।
यातायात विभागका अनुसार विमानस्थलतर्फ जाने सुरुङमार्गका सबै लेन बन्द गरिए पनि ‘वन ट्युब(टु वे’ व्यवस्थामा दुवै तर्फबाट सवारीसाधन आवातजावतको व्यवस्था मिलाइएको हो।
पर्खालमा ठोकिएर दुर्घटनामा परेको ट्रकमा मानवीय क्षति भने भएको छैन। ट्रकका चालकलाई आपत्कालीन विभागका कर्मचारीले उद्धार गरिसकेका छन्।
उक्त ट्रक चुनमुन ( चेक लापकक सुरुङमार्गमा दुर्घटनामा परेको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्