काठमाडौं ११ असार । पाँच वर्षदेखि बेलायती जेलमा रहेका विकिलिक्सका संस्थापक जुलिअन असान्ज रिहा भएका छन्।
बीबीसीका अनुसार एक वर्ष लामो कानुनी लडाइँपछि असान्ज सोमबार बेलायती जेलबाट छुटेका हुन्।
अमेरिकी प्रशासनसँगको सम्झौतापछि लन्डन उच्च अदालतबाट धरौटीमा रिहा हुन पाएका हुन्।
५२ वर्षीय असान्जले राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको अभियोग लागेको थियो।
अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेका इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो।
अदालतको पत्रअनुसार जुलिअन अस्ट्रेलिा फर्किनेछन् ।
‘जुलिअन असान्ज स्वतन्त्र छन्’, विकिलिक्सले सोसल मिडिया प्लेटफर्म एक्समा भनेको छ, ‘१९०१ दिनको कारावास पछि उहाँ जुन २४ ९सोमबार० बिहान बेलमार्स जेलबाट बाहिर निस्कनुभयो। उनले लन्डन उच्च अदालतबाट जमानत पाए।’
विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयासका कारण जुलिअन असान्ज रिहा हुन सफल भएको विकिलिक्सले उल्लेख गरेको छ।
असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन्। उनले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन।
प्रतिक्रिया दिनुहोस्