ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको अनुमतिपछि अदालतपरिसरबाटै सिआइबीद्वारा केजरिवाल पक्राउ


एबीसी न्यूज
१२ असार २०८१, बुधबार   २ : ५३   बजे

काठमाडौं १२ असार ।  भारतीय सर्वोच्च अदालतको अनुमतिपछि केन्द्रीय अनुसन्धान ब्युरो सिबिआई ले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई बुधबार अदालतपरिसरबाटै पक्राउ गरेको छ।

सर्वोच्चले आम आदमी पार्टी आपका राष्ट्रिय संयोजक केजरिवाललाई अन्तःशुल्क नीति प्रकरणसँग सोधपुछका लागि सिआइबीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन्।

अदालतले सिबिआईलाई उनको गिरफ्तारीका लागि सिबिआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ । अदालतले जारी गरेको प्रोडक्सन वारेन्टको पालना गर्दै केजरिवाललाई आज नै न्यायाधीश अमिताभ रावतको इजलासमा उपस्थित गराइएको थियो।

सुनुवाइका क्रममा केजरिवालकी पत्नी सुनिता केजरिवाल, आपका राज्यसभा सांसद सञ्जय सिंह र आप नेता दिलीप पाण्डे अदालतमा उपस्थित भएका थिए।

सिबिआईका विशेष सरकारी अभियोजक डिपी सिंहले केजरिवालका वकिलको निवेदनविरुद्ध बहस गर्दै यसप्रति आफ्ना भिन्न मत राखेका थिए।

हिजो केजरिवालले तिहाड जेलमा पुगेर अन्तःशुल्क नीति प्रकरणसँग सम्बन्धित आफ्नो बयान रेकर्ड गराएका थिए।

उनलाई प्रवर्तन निर्देशनालयले यस वर्षको मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोगमा पक्राउ गरेको थियो र यस मुद्दामा उनी न्यायिक हिरासतमा छन्।

आम आदमी पार्टीका एक वकिलले पनि एक्समा पोस्ट गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतले केजरिवाल अनुसन्धानमा सामेल भएको लगभग एक वर्षपछि सोही मामिलामा सिबिआईलाई पक्राउ गर्न भनेको छ।’

दिल्ली उच्च अदालतले मंगलबार मुख्यमन्त्री अरविन्द केजरिवाललाई तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको थियो । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group