ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अपराजित’ कीर्तिमान बनाउँदै १७ वर्षपछि भारतलाई टी–२० विश्वकपको उपाधि


एबीसी न्यूज
१६ असार २०८१, आइतबार   ११ : ४२   बजे

काठमाडौं १६ असार । दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै भारतीय क्रिकेट टोलीले १७ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ।

वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा शनिबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ७ रनको जित निकाल्दै भारतले दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो।

पहिलो पटक ठूलो प्रतियोगिताको फाइनल खेलेको दक्षिण अफ्रिका उपविजेतामै सीमित बन्यो। दक्षिण अफ्रिकाको हारसँगै विश्वकपका अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ।

 

यता भारतले भने अपराजित रहेर विश्वकपको उपाधि जित्ने एक्लो टोली बन्दै कीर्तिमान बनाएको छ। विश्वकप इतिहासमा अपराजित रहेर टोलीलाई विश्वकप जिताउने कप्तान रोहित शर्मा एक्ला कप्तान हुन्।

 

भारतसँगै टी–२० विश्वकपको उपाधि वेस्ट इन्डिज र इङ्ल्याण्डले समान दुई पटक जितेका छन्।

अपराजित रहँदै भारत बन्यो टी–२० विश्वकपको च्याम्पियन

पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्यान्डले उचालेको छ। सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अष्ट्रेलियाले जितेको थियो।

सन् २००७ मा भएको पहिलो संस्करणको उपाधि उचाले यता भारतले विश्वकप ट्रफी जित्न सकेको थिएन।

सन् २०२६ मा हुने १० औँ संस्करणको विश्वकप आयोजना गर्न लागेको भारत साविक विजेताको रुपमा विश्वकप खेल्नेछ। सन् २०२६ को विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा हुनेछ।

सन् २००७ पछि सन् २०१४ मा नजिक पुगेर पनि टाढिएको भारतले दोस्रो प्रयासमा टी–२० को विश्व विजेता बनेको हो।

सन् २००७ मा पहिलो विश्वकप जितेपछि भारत सन् २००९, २०१० र २०१२ मा दोस्रो चरणबाट नै बाहिरियो। सन् २०१४ मा उपविजेता बनेको भारत सन् २०१६ को विश्वकप आयोजना गर्दा भने सेमिफाइनल मै रोकियो।

सन् २०२१ मा दोस्रो चरणबाट बाहिरिएको भारत २०२२ मा भने सेमिफाइनल सम्म पुगेको थियो।

नवौँ टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा दुई पटकको च्याम्पियन इङल्यान्डमाथि ६८ रनको जित निकाल्दै दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको थियो।

सुपर ८ मा भारतले अष्ट्रेलियालाई २४ रनले तथा बंगलादेशलाई ५० रनले हराएको थियो। अर्को खेलमा अफगानिस्तानमाथि ४७ रनको जित निकालेको थियो।

समूह चरणमा भारतले आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्दा पाकिस्तानलाई भने ६ रनले हराएको थियो।

अर्को खेलमा आयोजक अमेरिकालाई ७ विकेटले हराउँदा क्यानडाविरुद्धको खेल भने वर्षाले रद्द हुँदा अंक बाँडेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group