सरकार गठनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै पार्टीले राजीनामा फिर्ता लिन पत्र काटेपछि शाहीले राजीनामा फिर्ता लिने बताएका हुन्।
शाहीको राजीनामाको बिषयमा पार्टी स्थायी समितिमा छलफल भएपछि एमालेले कम्जोरी भएको भन्दै राजीनामा फिर्ता लिन पत्र काटेको थियो। पत्रमा उनलाई भविश्यमा उचित जिम्मेवारी दिने समेत आश्वासन दिएको छ।
प्रदेश सरकारमा मन्त्री छनोट गर्दा आर्थिक चलखेलका आधारमा गरेको आरोप लगाउदैँ शाहीले प्रदेशसभा सदस्यबाट पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए।
‘पार्टीको विधिविधान मिचेर प्रदेश सरकार गठन गरिएको भनेर राजीनामा गरेको थिए,’ शाहीले भने, ‘पार्टीले त्यसमा गल्ती भएको स्वीकार गर्दै राजीनामा फिर्ता लिन भनेको छ। म पार्टीको निर्देशन मान्छु। राजीनामा फिर्ता गर्छु।’
प्रतिक्रिया दिनुहोस्