काठमाडौं, १५ फागुन । विद्यालयजाने किशोरीहरुको पढाइ छुट्ने समस्या रोक्नका लागी र मौलपुर नगरपालीकाले निशुल्करुपमा सेनिटरी प्याड बितरण गर्ने कार्यक्रम ल्याएको छ । रौतहटको नगरपालिकाले महिनावारी भएको समयमा विद्यालयजाने किशोरीहरु महिलाहरु लाइ निशुल्क रुपमा सेनिटरी प्याड बितरण गरिने नगरपालिकाकी मेयर रिनाकुुमारी साहले बताइन ।
विद्यालय जाने गरेका छात्राहरुमा ८ देखी १० मा अध्ययनरत छात्रामा यस्तो समस्या देखिदा पढाइ समेत प्रभावित हुदै आएकाले सेनिटरी प्याड बितरणगर्न लागिएको साह बताउछिन् । यस्तै नगरका १६ बर्ष देखि ४५ बर्ष उमेरका करीव ६ हजार महिलाहरुलाइ प्याड उपलव्ध गराउन लागिएको मौलापुर नगरपालिकाका अधिकृत प्रमोद साहले जानकारी दिएका छन ।
साक्षरता अभियान तथा प्याड बितरण कार्यक्रममा वोल्दै रौतहट क्षेत्र नम्वर ३ का संसद तथा पूर्वमन्त्री प्रभु साहले मधेशमा महिलाहरुको स्वास्थ्य अवस्था निकै नाजुक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरुले महिलाको स्वास्थ्य र शिक्षामा सुधार आउने बिश्वास व्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस्