इनरुवा, १६ फागुन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनबहादुर घिमिरेले नेपाली जनताको स्वास्थ्य अवस्था राम्रो भए मात्र विकास र समृद्धिको कल्पना साकार हुने बताउनुभएको छ ।
सुनसरी जिल्ला साक्षर घोषणा कार्यक्रममा मंगलबार यहाँ बोल्नुहँुदै मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । उहाँले स्वास्थ्य क्षेत्रलाई जनमैत्री बनाउनका लागि आफू लागिपरेको समेत बताउनुभयो । उहाँले निजी तथा सरकारी दुवै स्वास्थ्य संस्थामा समान्य खालको परीक्षण र रक्त चापको जाँच गर्दा निःशुल्क गर्न निर्देशन दिएको समेत जानकारी दिनुभयो ।
मन्त्री घिमिरेले पोलीक्लिनिक र नर्सिङ होमलाई निःशुल्क रुपमा रक्तचाप परीक्षण गर्न र सहुलियतमा सेवा गर्नका लागि निर्देशन दिएको समेत उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्