ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरीकाको सैनिक क्याम्पमा खाम खोल्दा ११ बिरामी


एबीसी न्यूज
१७ फाल्गुन २०७४, बिहिबार   ९ : ४२   बजे
साँकेतिक फोटो

वाशिङ्टन, १७ फागुन । अमेरिकाको वाशिङ्टनस्थित एक सैन्य अड्डामा बुधबार एक शंकास्पद पदार्थले भरिएको चिठिको खाम खोल्दा ११ जना बिरामी परेका छन् ।

एफबीआईले यस मामलाको जाँच शुरु गरेको र यो खाम भर्जिनियाको आलिङ्गटनस्थित ज्वाइन्ट बेस फोर्ट मायर हेन्डरसन हलमा प्राप्त भएको बताइएको छ । उक्त खाम एक गनरी सर्जेन्ट (सातौं बरियताका सैनिक अधिकारी)ले खोलेका थिए ।

एक अधिकारीहरुका अनुसार एनबीसी न्यूजलाई भनेका छन्, ‘खामको सम्पर्कमा आएकाहरुको नाकबाट रगत आयो । हात र अनुहार चिलायो ।’ यो समस्या देखिएपछि सैनिकहरु भेला भएको भवन खालि गराइएको थियो ।

सीएनएनको रिपोर्टका अनुसार सो चिठीको परीक्षण गरिएको थियो तर कुनै पनि हानिकारीक पदार्थ फेला परेन । यद्यपि एफबीआईले यसको विस्तृत परीक्षणका लागि क्वान्टिनोस्थित आफ्नो प्रयोगशालामा लगेको छ ।

अधिकारीका अनुसार खाम बाहिर कुनै व्यक्तिको नाम नलेखेर मरीन मुख्यालय बटालियनको ठेगाना लेखिएको थियो । सो चिठीमा आपत्तीजनक शब्द र अभद्र भाषा प्रयोग गरिएको थियो ।

मरीनका प्रवक्ता मेजर ब्लाकले भने, ‘पत्र खोल्नासाथ ११ जनाको स्वास्थ्य बिग्रियो । तीनजनालाई थप उपचारका लागि अर्को अस्पताल पठाइएको छ ।’

उनले भनेका छन्, ‘त्यसपछि त्यहाँबाट चिठीलाई हटाइयो र एफबीआई र एनसीआईएस (नेबल क्रिमिनल इन्भेस्टिगेशन सर्भिस)ले संयुक्त जाँच गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu