ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज हरितालिका तीज पर्व मनाइँदै, पशुपतिमा ब्रतालुको घुइंचो


एबीसी न्यूज
२१ भदौ २०८१, शुक्रबार   ९ : ०४   बजे

काठमाडौं २१ भदौ । आज हिन्दूधर्मालम्बीहरुले हरितालिका (तीज) पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरेर मनाउने गरेका छन् ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । यसकारण पनि आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास रहेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा भक्तजन महिलाको घुइँचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषले हरितालिका तिजका अवसरमा पशुपतिनाथको दर्शनका लागि आज बिहान तीन बजेदेखि नै चारै ढोका खोलिएको छ ।

पाशुपत क्षेत्रमा पूजाका लागि पुग्ने दर्शनार्थीले गौरीघाट उमाकुण्ड, दक्षिणामूर्ती बासुकी हुँदै पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

धेरै दर्शनार्थी एकै पटक पुग्दा मोबाइल सेवामा अवरोध नहोस् भनेर नेपाल टेलिकम र एनसेलले बिटिएस भ्यान प्रयोग ल्याउने छन् । सुरक्षाका लागि थप सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था गरिएको छ । सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले पिन निगरानी बढाएको कोषले जनाएको छ ।

नेपाली सेनासहितको टोलीले स्वास्थ्य सेवा सञ्चालन गरेको छ । त्यस्तै गौशाला वनकाली क्षेत्रमा सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । दर्शनार्थीका लागि तिलगंगा आँखा अस्पतालनजिकैको खुला स्थान, सिफल चौर र गुहेश्वरी पारीको खाली स्थानमा पार्किङको व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu