ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको आक्रमणबाट संयुक्त राष्ट्रसंघका ६ कर्मचारीसहित ३४ जनाको मृत्यु


एबीसी न्यूज
२७ भदौ २०८१, बिहिबार   २ : २१   बजे

काठमाडौं २७ भदौ । इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलाबाट संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ । मारिनेमा ६ बालबालिका र १९ महिलासमेत छन् ।

इजरायली सेनाले बुधबार अल जाउनी स्कुलको शरणार्थी शिविरमा आक्रमण गरेका थिए । आक्रमणबाट शिविर र नजिकको दुई वटा घरमा क्षति पुगेको छ ।

आक्रमणबाट प्यालेस्टिनी शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी ९यु।एन।आर।डब्ल्यू।ए।० मा कार्यरत कर्मचारीहरु पनि मारिएका हुन् ।

गत अक्टुबरमा इजरायल र हमासबीच लडाइँ सुरु भएपछि संयुक्त राष्ट्रसंघका सबैभन्दा धेरै कर्मचारीहरु मारिएको यो पहिलो घटना हो ।

 

इजरायली सेनाले भने अल जाउनी स्कुल भित्रबाट आक्रमणको योजना बनाउने आतंकवादीहरुमाथि सटिक हमला गरेको जिकीर गरेको छ । उसको दाबी के पनि छ भने आक्रमणबाट सर्वसाधारणको कमभन्दा कम क्षति होस् भनेर पर्याप्त ध्यान राखिएको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले इजरायलको आक्रमणको निन्दा गरेका छन् । शरणार्थीहरु बसेको स्कुलमा गरिएको आक्रमण असह्य भएको भन्दै उनले इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको समेत बताएका छन् । यस्ता आक्रमण रोक्न उनले अनुरोध समेत गरेका छन् ।

राष्ट्रसंघका अनुसार उक्त स्कुल १२ हजारभन्दा बढी शरणार्थीहरुको आश्रय स्थल हो ।

उक्त स्कुलमा ११ महिनाको बीचमा पाँचपटक आक्रमण भइसकेको छ । तर बुधबारको आक्रमण सबैभन्दा ठूलो हो । त्यही स्कुलमा यसअघिको आक्रमणबाट १४ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

कांग्रेसले सार्वजनिक गर्यो महाधिवेशन तालिका

हर्मुज स्ट्रेटलाई ‘अमेरिकी क्षेत्र’ भने ट्रम्प, इरानले गर्‍यो अस्वीकार

श्रीलंकामा पुरुषको मूत्रथैलीबाट ३.१ किलोको ढुंगा निकालियो

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

होर्मुज स्ट्रेटमा जहाजमाथि प्रोजेक्टाइल प्रहार, एक चालक दलका सदस्यको मृत्यु

अमेरिकाविरुद्ध थप आक्रामक रणनीति अपनाउने इरानको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu