ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिज्ञ एवं साहित्यकार दीनानाथ शर्माको ‘बाह्रखरीको बोटमुनी’ निबन्ध संग्रह विमोचन


एबीसी न्यूज
२० फाल्गुन २०७४, आइतबार   ५ : ०९   बजे

काठमाडौं, २० फागुन,। साहित्यकार एवं नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता दीनानाथ शर्माद्वारा लिखित ‘बाह्रखरीको बोटमुनी’ निबन्ध संग्रह विमोचन गरिएको छ ।
निबन्ध संग्रहको आज एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गर्नुभयो । साझा प्रकाशनमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले राजनीति र साहित्यका दुबै विधलाई समानान्तर रुपले अघि बढाएकोमा शर्मालाई बधाई दिनुभयो । साहित्य विनाको राजनीति र राजनीति विनाको साहित्य नहुने भन्दै उहाँले दीनानाथ शर्माले आफ्ना साहित्यमा राजनीति र साहित्यको संयोजन गरेको बताउनुभयो ।

प्रचण्डले आफुमा कविता, कथा र उपन्यास पढ्दा बोलेर पढ्न भावुकता रहेको बताउनुभयो । राजनीतिक कर्मको बाध्यात्मक अवस्थाका कारण रुची हुँदाहुँदै साहित्य विधामा अघि बढ्न नसकेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘साहित्यतिर प्रयास गर्दै थिएँ, सक्रिय राजनीतिले थिच्यो, अघि बढ्न पाइन ।’ उहाँले थप्नुभयो, – आफु साहित्यिक फाँटमा अघि बढ्न नसके पनि सहयोद्धा कमरेड शर्मा अरु राजनीतिज्ञहरुका लागि समेत उदाहरण बन्न सक्नुहुन्छ ।

विमोचन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली भाषाको विकासक्रममा साहित्यकार दीनानाथ शर्माबाट नौलो गद्य शैली स्थापित भएको बताउनुभयो । जोशीले शर्माका साहित्यमा नेपालको लोक जीवनपद्दती र गाउँले जीवनदर्शन झल्किने बताउनुभयो ।
यस्तै, निबन्धमाथि प्रकाश पार्दै समालोचक प्राध्यापक डाक्टर उषा ठाकुरले शर्माको व्यक्तित्वमा राजनीति र साहित्यको सुन्दर सम्बन्ध स्थापित भएको बताउनुभयो । ठाकुरले भन्नुभयो, ‘राजनीतिक व्यक्तित्व जति सवल छ, साहित्यिक व्यक्तित्व पनि उक्तिकै सशक्त रहेका शर्माका कृतिमा जीवन र जगतसम्बन्धी समय सान्दर्भिक चिन्तन अभिव्यक्ति पाइन्छ ।’

 


प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीले शर्माका निबन्धमा देश र समाजको जीवन्त प्रतिनिधित्व बोकेका रचना समावेश भएको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यस वर्ष साहित्कि मूल्य मान्यता बोकेका सन्दर कृति नेपाली बाङ्मयले प्राप्त गरेको भन्दै भविष्यमा पनि थप समृद्ध रचनाहरु ल्याउन शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

कांग्रेस महाधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu