ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैनः इरानी राष्ट्रपति


एबीसी न्यूज
९ आश्विन २०८१, बुधबार   १२ : ३५   बजे

काठमाडौं ९ असोज । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ ।

“पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन”, पेजेस्कियनले सिएनएनसँगको अन्तर्वार्तामा भन्नुभयो ।

उहाँले “लेबनानलाई अर्को गाजा बन्न नदिन” अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । लेबनानमा सोमबार भएको इजरायली हमलामा ३५ बालबालिका सहित करिब ५०० जनाको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो ।

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई इजरायल विरुद्ध “तत्काल कारबाही गर्न” आह्वान गरेको छ ।

“इरान उदासीन रहनेछैन”, विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमा उभिएका छौँ ।”

हिजबुल्लाहको सञ्चार उपकरण लक्षित आक्रमणमा ३९ जनाको मृत्यु भएको र लगभग तीन हजार घाइते भएको एक हप्ताभन्दा पनि कम समयमा इजरायली आक्रमणहरु सुरु भएका हुन् ।

संयुक्त राष्ट्र सङ्घको वार्षिक महासभाका लागि न्यूयोर्क भ्रमणमा रहनुभएका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाउनुभएको छ ।

“यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा पुर्याउने छैन भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ”, पेजेस्कियनले गोलमेज सम्मेलनमा सञ्चारकर्मीलाई भन्नुभयो, “इजरायलले व्यापक द्वन्द्वको अवस्था सिर्जना गर्न खोज्दैछ ।”

इरानले विगत १०० वर्षमा कहिल्यै युद्ध सुरु नगरेको उहाँले बताउनुभयो । तर कसैलाई पनि इरानी सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पुर्याउने अनुमति नभएकोमा उहाँले जोड दिनुभयो । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu