ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले रुससँग जुन महिनामा भएको रक्षा सम्झौता अनुमोदन गर्‍याे


एबीसी न्यूज
२७ कार्तिक २०८१, मंगलबार   १२ : ०५   बजे

काठमाडौं २७ कात्तिक । उत्तर कोरियाले दुई देशका नेताहरूले हस्ताक्षर गरेका रुससँगको पारस्परिक रक्षा सम्झौतालाई अनुमोदन गरेको छ । गएको जुन महिनामा भएको सम्झौतालाई अनुमोदन गर्दै उत्तर कोरियाले सशस्त्र आक्रमणको अवस्थामा एकअर्कालाई थप सहयोग गर्न आह्वानसमेत गरेको छ ।

उत्तर कोरियाले सैन्य सहयोग बढाएर युक्रेनविरुद्धको युद्धलाई समर्थन गर्न रुसमा दशौं हजार सेना पठाएको भन्दै अन्तर्राष्ट्रिय रूपमै आलोचना भइरहेका बेला यो रिपोर्ट आएको उत्तर कोरियाको राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले यो सम्झौता अनुमोदन गर्ने आदेशमा हस्ताक्षर गर्दै दुवै पक्षले उपकरणहरू आदानप्रदान गर्दा अनुमोदन लागू हुने बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सम्झौता हस्ताक्षर गरिसक्नुभएको छ । सम्झौतामा दुवै देशले युद्धको अवस्थामा आफूसँग भएका सबै उपलब्ध साधनहरू प्रयोग गरेर तुरुन्तै एकअर्कालाई सैन्य र अन्य सहायता उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

उत्तर कोरिया, अमेरिका र युक्रेनले रुसमा १० हजारभन्दा बढी उत्तर कोरियाली सैनिक रहेको बताएका छन्, उनीहरूमध्ये केही युक्रेनको सीमा नजिकै युद्धमा संलग्न रहेका खबरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

सम्बन्धित

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

ट्रम्पको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै इजरायलको आलोचना

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

‘दिमागी नक्सल’ले ततायो भारत : मोदीको एक शब्द, विपक्षको प्रश्न—‘आखिर नक्सल को?’

फ्लोरेसमा ७.७ को महाभूकम्प : ५३ जनाको मृत्यु, हजारौँ विस्थापित, उद्धारमा पहिरोको अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu