ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई फरक अवस्थाको टिम जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दै


एबीसी न्यूज
२३ मंसिर २०८१, आइतबार   ८ : १०   बजे

काठमाडौं २३ मंसिर । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई फरक स्थितीमा रहेको टिम जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स पहिलो खेलमा भिड्दै छन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

एकातर्फ जनकपुर एक जितले प्लेअफ नजिक पुग्नेछ भने अर्कोतर्फ एक हारले लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना लगभग अन्त्य हुनेछ ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरले सुरुवाती तीन खेलमा शतप्रतिशत जित निकालेको छ । ६ अंक जोडेर जनकपुर अंकतालिकामा दोस्रो स्थानमा छ । सुदूरपश्चिम रोएल्स समान अंक भएपनि जनकपुर नेटरनरेटमा पछि रहेको हो ।

जनकपुरले उद्घाटन खेलमै विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । त्यसपछि कर्णाली याक्सलाई पनि सोही नतिजामा हराएको जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकेटको जित हासिल गरेको थियो ।

 

जनकपुर लगातार चौथो खेल जितेर प्लेअफको नजिक पुग्ने लक्ष्यमा छ ।

उता राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने लगातार तीन खेल हारेर पूछारमा छ । एनपीएलमा सहभागि ८ मध्ये अहिलेसमसम् जितविहिन हुने एक्लो टोली लुम्बिनी नै हो । बाँकी ७ टोलीले कम्तीमा एक खेल जितेका छन् ।

लुम्बिनीका लागि जारी एनपीएलमा ३ खेल सकिँदासम्म कही राम्रो भएको छैन । एकातर्फ हारबाट प्रतियोगिताको सुरुवात । त्यसमाथि लगातार खेल्नुपर्ने बाध्यता । अर्कोतर्फ लुम्बिनीको विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यस्तै नेपाली खेलाडीबाट पनि सोचे अनुसारको प्रदर्शन देखिन सकेको छैन ।

कप्तान रोहित र विवेक यादवले एक(एक अर्धशतक बनाउनु बाहेक लुम्बिनीको अहिलेसम्म सम्झनलायक केही पनि छैन ।

लुम्बिनीलाई कम्तीमा प्लेअफ सम्भावना कायम राख्न र समर्थकहरुका लागि खुशी बनाउन भएपनि अब जनकपुरविरुद्ध जितको विकल्प छैन । प्रतियोगिता जति अघि बढ्दै गयो लुम्बिनीलाई अझ दबाब थपिँदै जानेछ ।

खेल स् जनकपुर रोएल्स भर्सेस लुम्बिनी लायन्स

मिति र समय स् २३ मंसिर बिहान ९ बजे

स्थान स् टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

जनकपुर बोल्ट्स सम्भावित ११ स् आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, आकाश त्रिपाठी, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, तुल बहादुर थापा

लुम्बिनी लायन्स सम्भावित ११ स् उन्मुक्त चन्द, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, साद विन जफर, दिनेश अधिकारी, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, सूर्य तामाङ, तिलकराज भण्डारी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

सम्बन्धित

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu