ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाको विद्रोही समूह राजधानी दमास्कसमा प्रवेश


एबीसी न्यूज
२३ मंसिर २०८१, आइतबार   ८ : ४९   बजे

काठमाडौं २३ मंसिर । सिरियाको विद्रोही समूह राजधानी दमास्कसमा प्रवेश गरेको छ । तेस्रो ठूलो शहर होम्स कब्जामा लिए लगत्तै विद्रोही लडाकु राजधानी दमास्कसमा प्रवेश गरिरहेका विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत बताएको बीबीसीले जनाएको छ ।

दमास्कसमा गोली चलेको आवाज आइरहेको स्थानीयवासीले बताएका छन् । इस्लामिक विद्रोही समूह एचटीएसले आक्रमण शुरू गरेको दुई हप्ता पनि नपुग्दै अलेप्पो, हामा, होम्स लगायतका ठूला शहर कब्जा गर्दै राजधानीमा प्रवेश गरेको हो ।

विद्रोही समूह प्रवेश गर्नु अघि नै सिरियाली राष्ट्रपति बसर अल–असद भागिसक्नुभएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिको कार्यालयले उहाँ दमास्कसमै रहनुभएको उल्लेख गरेको छ । तर उहाँ देखिनुभएको छैन ।

राष्ट्रपतिको कार्यालयले राजधानीलाई जोगाउन सरकारी सेना सफल हुने दाबी गरेको छ । यसैबीच लेबनानको विद्रोही समूह हिजबुल्लाहले सिरियाली सेनाको सहयोगका लागि केही फौज पठाएको समाचार संस्था एएफपीले जनाएको छ ।

सिरियालाई रुस, लेवनान लगायत देशले सहयोग गर्दै आएकोमा ती देश युद्धमा रहेको मौकामा विद्रोहीले सिरियाको सत्ता कब्जा गर्ने प्रयास गरिरहेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको हिन्दु धर्मसम्बन्धी अभिव्यक्तिको राप्रपा सचेतक ओलीद्वारा स्वागत

गगन थापा : जीवनमा नभोगेको निन्दा र गाली पछिल्ला तीन दिनमा सहें

सम्बन्धित

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु

इजरायली सेनाको दाबी– हेजबुल्लाहका ‘बद्र युनिट’का वरिष्ठ कमान्डर मारिए

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

पीएसजीले फेरान टोरेसलाई ५० मिलियन युरोमा अनुबन्ध गर्‍यो

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu